वालिङ, २९ कात्तिक । खहरे शहरी स्वास्थ्य केन्द्रको बुधबार उद्घाटन गरिएको छ । वालिङ नगरपालिकाले नगरका १४ वटै वडामा आधारभूत स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले स्थापित वडा १, खहरेमा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो ।
शहरी स्वास्थ्य केन्द्र उद्घाटन गर्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले सामान्य स्वास्थ्य परीक्षणका लागि पनि अन्यत्र जानुपर्ने अवस्था अन्त्य गर्न र नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको बताए ।
उनले शहरी स्वास्थ्य केन्द्रमा सेवाका लागि आउने सेवाग्राहीलाई राम्रो ब्यवहार गरी गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्दै शहरी स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने औषधी तथा उपकरणहरु उपलब्ध गराउँदै जाने बताए । उनले वालिङ नगरपालिकामा आवश्यक देखिएको अस्पताल निर्माणका लागि पहल जारी रहेको र अब छिट्टै निचोड निस्कने बताए । पतंजलि योगपीठसँग आयुर्वेद उपचार पद्दतिका लागि उपकरण माग गर्ने र यहाँ कार्यरत कर्मचारीहरुलाई आवश्यकता अनुसारका तालिमहरु प्रदान गर्ने तयारी भैरहेको नगर प्रमुख खाँणले बताए । वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले सामान्य उपचारका लागि पनि टाढा-टाढा जाने बाध्यता अन्त्य हुने बताए ।
कार्यक्रममा रणवीर जनहित माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मी, समाजसेवी ऋषिराम काफ्ले, हुमबहादुर राना, सोमबहादुर गुरुङ लगायतले शहरी स्वास्थ्य केन्द्रको सफलताको शुभकामना ब्यक्त गरे । वडा १ अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वालिङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत भवानीप्रसाद ढुंगाना र संचालन नगरपालिकाका जनस्वास्थ्य शाखाका मणिप्रसाद पंगेनीले गरेका थिए । यसैबीच, वालिङ वडा १० मा फूलबारी शहरी स्वास्थ्य केन्द्र बुधबार नै शुभारम्भ गरिएको छ । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख दिलीपप्रताप खांणले नगरपालिका भित्र रहेका १४ वटै वडामा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरी नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको उद्देश्य भएको बताए । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, समाजसेवीहरु हिमनिधि पंगेनी, राजेन्द्र गैह्रे, स्व्ायंसेविका दिल्लीसरा गैह्रे लगायत बोलेका थिए ।
वडाध्यक्ष अन्नतराज गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव दीपेन्द्र गैह्रे र सञ्चालन जनस्वास्थ्यका मणिप्रसाद पंगेनीले गरेका थिए ।
स्थानीय क्रियटिभ युवा क्लब र बाघमारा सामुदायिक वनको दुर्इ कोठामा हाल स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा १ अहेव, १ अनमी र १ जना सहयोगी गरी ३ जना कर्मचारीले सेवा दिनेछन् । कार्यक्रममा तरकारी तथा फलफूल संकलन केन्द्रका लागि जग्गादान गर्ने जग्गादाता हिमनिधि पंगेनीलाई सम्मान समेत गरिएको थियो । उनले नगरपालिकालाई ४० लाख रुपैयाँ मूल्य पर्ने चार आना जग्गा दान दिएका हुन् ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०