लेखनाथ, २९ कात्तिक। लेखनाथमा शुक्रबारदेखि प्रथम आदर्श महोत्सव शुरु हुँदैछ । खेलकुदको क्षेत्रबाट चर्चामा आएको आदर्श युवा क्लबले पहिलो पटक महोत्सव गर्न लागेको हो ।
आगामी मंसिर ९ गतेसम्म पोखरा-२९, स्थित भण्डारढीक रंगशालामा संचालन हुने महोत्सवको तयारी पूरा भएको विहीवार महोत्सवस्थलमा आयोजित पत्रकार सम्मेलनमा क्लबले जनाइयो । क्लबद्वारा संचालन गरिने राष्ट्रियस्तरको फुटबल प्रतियोगितालाई निरन्तररुपमा संचालन गर्न तथा निर्माणाधीन रंगशाला संरक्षण एवं स्तरोन्नति गर्ने उद्देश्यले आर्थिक संकलन जुटाउन महोत्सव आयोजना गर्न लागिएको हो ।
कला, सँस्कृति, संगीत र मनोरञ्जनको उत्सवको रुपमा लिएको महोत्सवमा निर्माण गरिएका २ सय ६८ वटा स्टलहरुमध्ये करिव दुर्इ सय ५० स्टलहरु बुक भइसकेको महोत्सवका मुल संयोजक किसान गुरुङले जानकारी दिए ।
इलाका प्रशासन कार्यालय, लेखनाथका प्रमुख चित्राङ्गत बरालले महोत्सवमा दर्शक सुरक्षाका लागि प्रहरीको क्याम्प समेत स्थापना गरी पूर्ण सुरक्षा दिने व्यवस्था मिलाइएको ढुक्क भएर महोत्सवमा सहभागी हुन आग्रह गरे ।
पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले स्थानीय क्षेत्रको विकास र रंगशालाको स्तरोन्नतिका लागि महोत्सव फलदायी हुनेमा आफू आशावादी रहेको बताए।
क्लब अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमको सञ्चालन सहसचिव लक्ष्मी पुनले गरेकी थिइन्।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले उद्घाटन गर्ने महोत्सवको करिब ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । यस्तै, महोत्सवबाट करिब १ करोड बराबरको आर्थिक कारोबार भई १२ लाख बचत गर्ने लक्ष्य छ । यस्तै, महोत्सव व्यवस्थित रुपमा संचालन गर्न गठित एक सय सदस्यीय मूलआयोजक समिति, २५ सदस्यीय सल्लाहकार समिति र विभिन्न ३० वटा उपसमितिले तोकिएको जिम्मेवारी पूरा गरेको क्लब सचिव पदम गुरुङले जानकारी दिएका छन्।
महोत्सवमा रत्यौली गीत प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रियस्तरका कलाकारको लोकदोहोरी र साथमा आधुनिक पप कर्न्र्सट राखिएको छ । कृषकद्वारा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरी कृषिका स्टलहरुलाई निःशुल्क रुपमा राख्न पाउने व्यवस्था मिलाइएको छ।
महोत्सवको विशेष आकर्षणको रुपमा अष्ट्रिच अवलोकन, ऊँट सवार, धरहरा चढी महोत्सव अवलोकन, बालउद्यान रहेका छन्।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९