आदर्श महोत्सव आजदेखि

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५
adssha maila 2075_Fotor

लेखनाथ, २९ कात्तिक। लेखनाथमा शुक्रबारदेखि प्रथम आदर्श महोत्सव शुरु हुँदैछ । खेलकुदको क्षेत्रबाट चर्चामा आएको आदर्श युवा क्लबले पहिलो पटक महोत्सव गर्न लागेको हो ।

आगामी मंसिर ९ गतेसम्म पोखरा-२९, स्थित भण्डारढीक रंगशालामा संचालन हुने महोत्सवको तयारी पूरा भएको विहीवार महोत्सवस्थलमा आयोजित पत्रकार सम्मेलनमा क्लबले जनाइयो । क्लबद्वारा संचालन गरिने राष्ट्रियस्तरको फुटबल प्रतियोगितालाई निरन्तररुपमा संचालन गर्न तथा निर्माणाधीन रंगशाला संरक्षण एवं स्तरोन्नति गर्ने उद्देश्यले आर्थिक संकलन जुटाउन महोत्सव आयोजना गर्न लागिएको हो ।

कला, सँस्कृति, संगीत र मनोरञ्जनको उत्सवको रुपमा लिएको महोत्सवमा निर्माण गरिएका २ सय ६८ वटा स्टलहरुमध्ये करिव दुर्इ सय ५० स्टलहरु बुक भइसकेको महोत्सवका मुल संयोजक किसान गुरुङले जानकारी दिए ।

इलाका प्रशासन कार्यालय, लेखनाथका प्रमुख चित्राङ्गत बरालले महोत्सवमा दर्शक सुरक्षाका लागि प्रहरीको क्याम्प समेत स्थापना गरी पूर्ण सुरक्षा दिने व्यवस्था मिलाइएको ढुक्क भएर महोत्सवमा सहभागी हुन आग्रह गरे ।

पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले स्थानीय क्षेत्रको विकास र रंगशालाको स्तरोन्नतिका लागि महोत्सव फलदायी हुनेमा आफू आशावादी रहेको बताए।

क्लब अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमको सञ्चालन सहसचिव लक्ष्मी पुनले गरेकी थिइन्।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले उद्घाटन गर्ने महोत्सवको करिब ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । यस्तै, महोत्सवबाट करिब १ करोड बराबरको आर्थिक कारोबार भई १२ लाख बचत गर्ने लक्ष्य छ । यस्तै, महोत्सव व्यवस्थित रुपमा संचालन गर्न गठित एक सय सदस्यीय मूलआयोजक समिति, २५ सदस्यीय सल्लाहकार समिति र विभिन्न ३० वटा उपसमितिले तोकिएको जिम्मेवारी पूरा गरेको क्लब सचिव पदम गुरुङले जानकारी दिएका छन्।

महोत्सवमा रत्यौली गीत प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रियस्तरका कलाकारको लोकदोहोरी र साथमा आधुनिक पप कर्न्र्सट राखिएको छ । कृषकद्वारा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरी कृषिका स्टलहरुलाई निःशुल्क रुपमा राख्न पाउने व्यवस्था मिलाइएको छ।

महोत्सवको विशेष आकर्षणको रुपमा अष्ट्रिच अवलोकन, ऊँट सवार, धरहरा चढी महोत्सव अवलोकन, बालउद्यान रहेका छन्।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width