पोखरा, २९ कात्तिक । गण्डकी प्रदेश र चीनको हाईनान प्रान्तबीच मितेरी सम्बन्ध स्थापित हुने भएको छ । शुक्रबार दुर्इ प्रदेशबीच मित लाउने कार्यक्रम छ । विदेशी प्रदेशसँग सम्बन्ध गाँस्ने गण्डकी पहिलो प्रदेश हो ।
हाईनान चीनमा सबैभन्दा तीव्र विकास गर्ने प्रान्त हो । नेपालमा चाहीँ भर्खर संघीय संरचनाको अभ्यास भएको छ । हाईनानसँग धेरै पक्षहरु सिक्न सकिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बताउँछन् ।
यसकै लागि गुरुङले असोज ९ गते हाईनान प्रान्तको भ्रमण गरेका थिए । सहकार्यको लागि १५ सदस्यीय चिनियाँ टोली पोखरा आउने छ ।
मितेरी साईनोसँगै हाईनानले गण्डकीको प्राविधिक शिक्षा, ऊर्जा, पर्यटन, व्यापार र वाणिज्य तथा सांस्कृतिक क्षेत्रमा सहयोग गर्नेछ । दुर्इ देशबीच हुने समझदारी पत्र नेपाली, अंग्रेजी र चाइनीज भाषामा तयार पारिएको छ । हाईनान टोलीसँग गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गर्नेछिन् । विहीवार बसेको मन्त्रिपरिषद बैठकले पुनलाई सरकारको तर्फबाट प्रतिनिधि तोकेको हो ।
यसबाहेक टेक्निकल इन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिमा त्यहाँका कलेज तथा विश्वाविद्यालयमा पढाउने सहमति पनि हुने सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । यो सम्झौतापछि हाईनानले गण्डकी प्रदेशबाट वाषिर्क ४ जनाको दरले आगामी ५ वर्षसम्म २० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउनेछ । प्रदेशसँगै पोखरा महानगर र हाईकाओ शहरबीच पनि भगिनी सम्बन्ध गाँसिनेछ । यसपछि सौर्य ऊर्जा अवलोकनको लागि चिनियाँ टोली मुस्ताङ जानेछ । उनीहरुले त्यहाँ उर्जाको विषयमा प्रारम्भीक अध्ययन गर्नेछन् ।
विहीवार मन्त्रिपरिषद् बैठकले नोभेम्बर २० देखि २९ गतेसम्म भारतको नयाँ दिल्लीमा मुख्य न्यायाधीवक्ताहरुको भ्रमणका लागि महान्यायाधीवक्ताको कार्यालयले गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता छनोट गरेकोले भ्रमण स्वीकृत गरेको छ ।
त्यस्तै नोभेम्बर २१ देखि २३ सम्म श्रृंलकाको कोलम्बोमा हुने दक्षिण एशियाको जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानूनको विकास कार्यशाला गोष्ठीमा भाग लिन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९