नवलपरासी, २९ कात्तिक। नवलपरासीको मध्यविन्दु २, कोल्हुवामा सञ्चालन भएको राईनो संरक्षण गोल्ड कपको उपाधि विमल र्घर्तीमगरको च्यासल युथ क्लबले जितेको छ।
नेपाल पुलिस र च्यासल युथ क्बलबीच विहीवार भएको फाइनलमा च्यासलले ट्राबेकरमा ५-३ गोलअन्तरमा पुलिसलाई हराउँदै उपाधि जितेको हो ।
उपाधि विजेता च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता पुलिसले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाए।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा पुलिसका अभिषेक रिजालले पहिलो हाफको १० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको भए पनि च्यासलका विक्रम लिम्बुले त्यसको ३ मिनेटमै गोल फर्काएर खेललाई बराबरीमा लगेका थिए ।
२१ औं मिनेटमा च्यासल युथ क्लब र दोस्रो हाफको २३ औं मिनेटमा नेपाल पुलिस क्लबले आत्मघाती गोल गरेका थिए ।
निर्धारित समयसम्म खेल बराबरीमा सकिएपछि अतिरिक्त समयमा दुवै टिमबाट गोल नकिस्केपछि खेल निर्णयार्थ ट्राइबेकरमा धकेलिएको थियो ।
फाइनल पुगेका टिमलाई म्याच मनि प्रतिखेलाडी १ लाखका दरले वितरण गरिएको खेल आयोजक संस्था नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।
एकसिंगे गैडा संरक्षणका लागि गरिएको प्रतियोगिताको विजेता तथा उपविजेतालाई गण्डकी प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता सांसद कृष्णचन्द्र नेपालीले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा ए डिभिजनका र विभागीय टिम गरी १२ टिमको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
hero news full width
मुख्य समाचार
गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९