पोखरा, २९ कात्तिक। राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा हालै नियुक्त राजेश गुरुङलाई विहीवार भब्य स्वागत गरिएको छ। संघीय मन्त्रिपरिषदको कात्तिक २५ को बैठकले राखेपको ४ वर्षी कार्यकालका लागि गुरुङसहित पूर्व उपाध्यक्ष पिताम्बर तिमिल्सिना र नेपाल भलिबल संघका केन्द्रीय सदस्य एवं पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
गुरुङको स्वागत तथा सम्मानमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले पोखरामा सो कार्यक्रम गरेको हो ।
कार्यक्रममा गुरुङले चौर्तफी रुपमा लथालिङ्ग भएको खेलकुदलाई सबैको सहकार्यमा माथि उठाउनु पर्ने बताए । ‘ममा खेलकुदको स्पिरिट छ, खेलकुद विकासका लागि जस्तो सुकै काम गर्न पनि पछि हट्नै छैन,’ उनले प्रतिबद्धता गरे । उनले पोखरा रंगशालाको पूर्वाधार विकासका काठमाडौंमा धेरै जानकारी गराउँदै आफ्नो कार्यकालमा रंगशालाको मुहार फेर्न आफ्नो भूमिका रहने बताए।
गुरुङले अहिले पनि खेलाडीको अवस्था निकै नै नाजुक रहेको भन्दै खेलाडीलाई राज्यले दिनेभन्दा पनि लुट्ने काम मात्रै भएको भन्दै आक्रोश पोखे। खेलकुद संघहरुमा नेतृत्वका लागि मात्रै हानथाप भएको र खेल विकासका लागि बैचारिक नेतृत्व नहुँदा समस्या आएको बताउँदै उनले भने, ‘खेल र खेलाडीको अवस्था सुधार्न के गर्ने भन्नेबारे सुझाव संकलन गर्नेछु।’ उनले आफू खेल क्षेत्रबाट आएको हुनाले जहिले पनि खेलाडीको पक्षमा बोल्ने बताए।
१३ औं सागमा पोखरामा पहिले भनेजस्तै गरी ७ वटा प्रतियोगिता आयोजना गराएरै छाड्ने प्रतिबद्धता उनको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कावा अध्यक्ष सम्पन्न श्रेष्ठले अन्य प्रदेश र क्षेत्रको तुलनामा गण्डकी प्रदेशमा खेलकुदको पूर्वाधार विकास भइरहेको बताए।
कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष याम गुरुङले फुटबल प्यारापिट भत्काएर परिषदले निर्माण शुरु नगरेकोमा चिन्ता व्यक्त गर्दै भने, ‘अहिले केन्द्रले बजेट केन्द्रमा थन्काएर बन्दै गरेका पूर्वाधार समेत अपूर्ण छन्। पोखरामा खेलकुदको अवस्थालाई सुधान खेलकुद संघ र प्रशिक्षकहरुको ठूलो जिम्मेवारी छ । ।
गुरुङ दोश्रो पटक बोर्ड सदस्यमा नियुक्त भएका हुन्। परिषदमा यसअघि चार वर्षको सफल कार्यकाल पूरा गरेका गुरुङ बक्सिङ खेलबाट आफूलाई खेलकुदमा स्थापित गराएका थिए। उनी मदन भण्डारी स्पोर्र्टस एकेडेमी गण्डकी प्रदेशका इन्चार्ज तथा पोखरा मनकामना दर्शन प्रालिका संचालक हुन् ।
Related News
सम्बन्धित समाचार
आर्वामा ज्येष्ठ नागरिक सम्मान
महिला अधिकारबारे कानुनी सचेतना
१०५ वर्षे इन्द्रकला ‘महानगर माता’
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
आनन्दित गृहद्वारा गुरुङ दम्पत्ति सम्मानित
hero news full width
मुख्य समाचार
एमाले गण्डकीको अधिवेशन: ‘गठबन्धनले जनताको भाग्य र भविष्य बिगार्यो’
ओली नआउँदा निराशा
असाेज १५, २०८०बहालवाला सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
असाेज १५, २०८०मनसुन लम्बियो : ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
असाेज १५, २०८०मौसम खराबीले काठमाडौं फर्किए यती र श्री एयरको जहाज
असाेज १५, २०८०दृष्टिविहीनलाई ‘पेलेर’ दुर्गममा, न्याय माग्दै आमरण अनसनमा
असाेज १५, २०८०