खेलकुदमा सुधार ल्याउनेछु : गुरुङ

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५
rajesh_Fotor

पोखरा, २९ कात्तिक। राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा हालै नियुक्त राजेश गुरुङलाई विहीवार भब्य स्वागत गरिएको छ। संघीय मन्त्रिपरिषदको कात्तिक २५ को बैठकले राखेपको ४ वर्षी कार्यकालका लागि गुरुङसहित पूर्व उपाध्यक्ष पिताम्बर तिमिल्सिना र नेपाल भलिबल संघका केन्द्रीय सदस्य एवं पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

गुरुङको स्वागत तथा सम्मानमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले पोखरामा सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा गुरुङले चौर्तफी रुपमा लथालिङ्ग भएको खेलकुदलाई सबैको सहकार्यमा माथि उठाउनु पर्ने बताए । ‘ममा खेलकुदको स्पिरिट छ, खेलकुद विकासका लागि जस्तो सुकै काम गर्न पनि पछि हट्नै छैन,’ उनले प्रतिबद्धता गरे । उनले पोखरा रंगशालाको पूर्वाधार विकासका काठमाडौंमा धेरै जानकारी गराउँदै आफ्नो कार्यकालमा रंगशालाको मुहार फेर्न आफ्नो भूमिका रहने बताए।

गुरुङले अहिले पनि खेलाडीको अवस्था निकै नै नाजुक रहेको भन्दै खेलाडीलाई राज्यले दिनेभन्दा पनि लुट्ने काम मात्रै भएको भन्दै आक्रोश पोखे। खेलकुद संघहरुमा नेतृत्वका लागि मात्रै हानथाप भएको र खेल विकासका लागि बैचारिक नेतृत्व नहुँदा समस्या आएको बताउँदै उनले भने, ‘खेल र खेलाडीको अवस्था सुधार्न के गर्ने भन्नेबारे सुझाव संकलन गर्नेछु।’ उनले आफू खेल क्षेत्रबाट आएको हुनाले जहिले पनि खेलाडीको पक्षमा बोल्ने बताए।

१३ औं सागमा पोखरामा पहिले भनेजस्तै गरी ७ वटा प्रतियोगिता आयोजना गराएरै छाड्ने प्रतिबद्धता उनको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कावा अध्यक्ष सम्पन्न श्रेष्ठले अन्य प्रदेश र क्षेत्रको तुलनामा गण्डकी प्रदेशमा खेलकुदको पूर्वाधार विकास भइरहेको बताए।

कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष याम गुरुङले फुटबल प्यारापिट भत्काएर परिषदले निर्माण शुरु नगरेकोमा चिन्ता व्यक्त गर्दै भने, ‘अहिले केन्द्रले बजेट केन्द्रमा थन्काएर बन्दै गरेका पूर्वाधार समेत अपूर्ण छन्। पोखरामा खेलकुदको अवस्थालाई सुधान खेलकुद संघ र प्रशिक्षकहरुको ठूलो जिम्मेवारी छ । ।

गुरुङ दोश्रो पटक बोर्ड सदस्यमा नियुक्त भएका हुन्। परिषदमा यसअघि चार वर्षको सफल कार्यकाल पूरा गरेका गुरुङ बक्सिङ खेलबाट आफूलाई खेलकुदमा स्थापित गराएका थिए। उनी मदन भण्डारी स्पोर्र्टस एकेडेमी गण्डकी प्रदेशका इन्चार्ज तथा पोखरा मनकामना दर्शन प्रालिका संचालक हुन् ।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width