माछापुच्छ्रे बैंकको कारागारमा सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५
46450836_916389615220646_6388676072258404352_n

पोखरा, २९ कात्तिक। माछापुच्छ्रे बैंक लिमिटेड गण्डकी प्रदेशले बिहीबार कास्की कारागारलाई सहयोग गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत एक थान यूरोगार्ड र एक हजार लिटर क्षमताको दुर्इ वटा पानी ट्यांकी सहयोग गरेको हो। कारागारमा आवश्यकता अनुसार सहयोग गरिएको बताइएको छ।

बैंकका गण्डकी प्रदेशका प्रमुख जय सापकोटाले यूरोगार्ड र पानी ट्यांकी हस्तान्तरण गरेका थिए।

उनलेे सबै संघसंस्थाले सामाजिक उत्तरदायित्व बहनमा ध्यान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा कारागारका चौकीदार लक्षुकुमार गुरुङले बोलेका थिए।

कास्की कारागारका प्रमुख गणेश गौतमको अध्यक्षतामा भएको कार्यक्रम माछापुच्छ्रे बैंक लिमिटेड पोखरा शाखाका प्रमुख नारायण केसीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • वडा १३ को घुम्ती सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा १३ ले घुम्ती सेवा प्रवाह गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका…
  • ऐतिहासिक बाटुलेचौर तीज मेला सकियो

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । पोखरा १६, बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला शुक्रबार सम्पन्न भएको छ । चार दिनसम्म संचालित मेलाको अन्तिम…
  • कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटसल

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    लमजुङ । २१ औं निजामती सेवा दिवस अवसरमा आयोजित निजामती कर्मचारी र पत्रकार महासंघबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ ।…
  • दोलखा–पोखरा मिलन समाजको सभा

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । दोलखाबाट आइ पोखरालाई कर्मथलो बनाएर बस्ने दोलखालीहरूको संस्था दोलखा–पोखरा मिलन समाजको २३ औं साधारण सभा भएको छ ।…
  • पोखरेलीलाई सफा पानी कहिले ?

    आदर्श समाज सम्वाददाता भाद्र २०, २०८१
    पाखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरमा खानेपानी र सरसफाइका समस्या समाधानमा जनताको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन्…

hero news full width