माछापुच्छ्रे बैंकको कारागारमा सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५
46450836_916389615220646_6388676072258404352_n

पोखरा, २९ कात्तिक। माछापुच्छ्रे बैंक लिमिटेड गण्डकी प्रदेशले बिहीबार कास्की कारागारलाई सहयोग गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत एक थान यूरोगार्ड र एक हजार लिटर क्षमताको दुर्इ वटा पानी ट्यांकी सहयोग गरेको हो। कारागारमा आवश्यकता अनुसार सहयोग गरिएको बताइएको छ।

बैंकका गण्डकी प्रदेशका प्रमुख जय सापकोटाले यूरोगार्ड र पानी ट्यांकी हस्तान्तरण गरेका थिए।

उनलेे सबै संघसंस्थाले सामाजिक उत्तरदायित्व बहनमा ध्यान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा कारागारका चौकीदार लक्षुकुमार गुरुङले बोलेका थिए।

कास्की कारागारका प्रमुख गणेश गौतमको अध्यक्षतामा भएको कार्यक्रम माछापुच्छ्रे बैंक लिमिटेड पोखरा शाखाका प्रमुख नारायण केसीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width