पोखरा, २९ कात्तिक। १६ औं कर्णेल जेपीक्रस विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता मंसिर १३ देखि १७ सम्म पोखरा रंगशालाको बास्केटबल कोर्टमा हुने भएको छ।
कास्की जिल्ला बास्केटबल संघको आयोजनामा हुने उक्त प्रतियोगितामा समाजसेवी तथा पूर्व ब्रिटिश सेनाका कर्णेल जेपीक्रसको मुख्य प्रायोजनमा आयोजना हुँदै आएको छ।
प्रतियोगिताको लागि कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङको संयोजकत्वमा १३ सदस्यीय आयोजक उपसमिति गठन गरिएको संघले जनाएको छ।
आर्थिक समितिमा जमानसिं दुरा, विद्यालय समन्वयमा कृष्ण गुरुङ, शान्ति शुरक्षामा सुरेश गुरुङ छन्।
पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापनमा प्रदीप रसाइली, सचिवालयमा शिव पुन, प्रचारप्रसारमा अर्जुन परियार, निर्णायक तथा प्राविधिकमा अमर पुन, मञ्च व्यवस्थापनमा भरत बानियाँ, ब्यानर व्यबस्थापनमा विशाल गुरुङ, प्राथमिक उपचारमा रोजी गुरुङ, स्वयंसेवकमा विशन राना र मैदान ब्यवस्थापनमा विष्णु गुरुङ छन्।
लिग कम नक आउटका आधारमा संचालन हुने प्रतियोगितामा छात्रतर्फ २० र छात्रा तर्फ १५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा छात्र र छात्रा तर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः १०, ६ र ४ हजारका साथमा ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। गत वर्ष छात्र-छात्र दुबैतर्फ टप्स माविले उपाधि जितेको थियो ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
पोखरा स्पोर्टस् अवार्ड आज
एथलेटिक्स रेफ्री तथा निर्णायक सेमिनार
पोखरा स्पोर्टस् अवार्ड तयारी पूरा
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९