ब्याडमिन्टन कोर्टमै शाक्यको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५
let jhalakman shakya_Fotor

पोखरा, २९ कात्तिक । पोखरामा ब्याण्डमिन्टन खेल्दाखेल्दै कोर्टमै एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा-३, नदीपुर बस्ने ६२ वर्षीय झलकमान शाक्य हुन् ।

नदीपुरस्थित शाक्य समाजको कोर्टमा ब्याण्डमिन्टन खेल्नेक्रममा विहीवार बिहान ८ बजे हृदयघातका कारण उनको मृत्यु भएको छिमेकी निर्मल सापकोटाले जानकारी दिए । दुर्इ खेल खेलेर आराम गर्ने क्रममा उनलाई हृदयघात भएको हो ।

शाक्यको विगतमा स्वास्थ्य समस्या देखिएको र चिकित्सकले समेत खेल नखेल्न सुझाव दिँदा दिँदै पनि उनी ब्याण्डमिन्टमा रुचि राख्थे । पहिलेदेखि नै शाक्य उक्त कोर्टमा ब्याडमिन्टनका लागि साथीभाइ बटुलेर निकै रुचिपूर्वक ब्याडमिन्टन खेल्ने गरेको सापकोटा सम्झन्छन् ।

स्वर्गीय शाक्यको विहीवार नै सेतीनदी किनार गाईघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय शाक्यको परिवारमा श्रीमती, १ छोरा, १ छोरी, १ नातिनी छन् ।

कृषि विकास बैंकका पूर्व कर्मचारी शाक्यले विगतमा नदीपुरमै मसला उद्योग चलाउँथे । पछिल्लो समय उनको घरमै करुणा खाद्य उद्योग संचालित छ ।

Related News

सम्बन्धित समाचार

  • एयरलायन्स फ्लाइटको एयरहोस्टेस प्रशिक्षण सुरु

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरहोस्टेस प्रशिक्षण सुरु भएको छ । पोखरा नयाँबजारमा रहेको एयरलायन्स फ्लाइट एटेन्डेन्ट एकेडेमीले एयरहोस्टेससहितको…
  • धिमे बाजा प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    लेखनाथ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना एवं शिशुवा नेवा खल: को सहकार्यमा पोखरा–३० शिशुवामा सञ्चालित धिमे बाजा बाजा प्रशिक्षण कार्यक्रम…
  • अक्सफोर्ड स्कुलमा अभिभावक भेला

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा शनिबार अभिभावक भेला भएको छ । कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीका…
  • फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ ।…
  • वडामार्फत् भूमि सेवा दिने तयारी

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    हेमजा  । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित पालिकाको वडा तहबाटै भूमि (भू) सेवा उपलब्ध गराउने तयारीका साथ…

hero news full width