क्षेत्रीलाई कोरियन मानार्थ नागरिकता

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५
chhetri

पोखरा, २९ कात्तिक । नेपाल र कोरियाबीच संस्कृति आदानप्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्‍याएकोमा कोरियाको सौल महानगरपालिकाले समाजसेवी भजिन्द्रबहादुर क्षेत्रीलाई मानार्थ कोरियन नागरिकता प्रदान गरेको छ।

सोलमा आयोजित समारोहमा क्षेत्री सहित २२ देशका नागरिकलाई सो मानार्थ नागरिकता प्रदान गरिएको हो। कोरियामा बसोबास गर्ने विदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरियाबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

सम्मानित व्यक्ति क्षेत्रीले सो सम्मान कोरियामा रहेका करिब ४० हजार नेपाली र नेपालको सम्मान भएको बताए।

बागलुङमा जन्म भई बुटवलमा बसोबास गर्दै आएका उनी १४ वर्षदेखि कोरियामा छन् । उनी तेक्वान्दोका राष्ट्रिय खेलाडी र प्रशिक्षक समेत हुन् । उनले नेपाल र अन्तर्राष्ट्रियस्तरमा विभिन्न पदकहरु समेत हासिल गरिसकेका छन् । एनआरएन कोरियाका पूर्व अध्यक्ष राजु क्षेत्रीले कोरियन सरकारले प्रदान गर्ने यस्ता सम्मानले नेपाल र नेपालीको प्रतिष्ठालाई माथि उठाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। क्षेत्री सहित यो मानार्थ नागरिकता पाउने नेपालीको संख्या मात्र ७ पुगेको छ। यसअघि केपी सिटौला, देन्जी शेर्पा, राजु क्षेत्री, जुनु गुरुङ, हर्कबहादुर गुरुङ (भीम) र गम्भीरमान श्रेष्ठले मानार्थ नागरिकता प्राप्त गरिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width