पोखरा, २९ कात्तिक । कंगारु एजुकेशन फाउण्डेशनले पूर्व झापाको दमकदेखि कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो विहीवार शुरु गरेको छ ।
शैक्षिक मेलाको पहिलो दिन विर्तामोड क्षेत्रका ५ सयभन्दा धेरै विद्यार्थी र अभिभावक सहभागी भएका छन्। कार्यक्रममा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभन्नि २४ कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुबाट विद्यार्थीले परामर्श लिएको जनाइएको छ।
विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँ जाँदा गर्नुपर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, उता पुगेपछि हुने पढाइ, काम गर्न पाउने अवधि, पाइने काम, हुने आम्दानी जस्ता विषयमा चासो राखेका थिए ।
मेलामा सहभागी हुनेहरुलाई पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था गरिएको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए।
विदेशमा अध्ययन गर्न चाहेर पनि सही सूचना र जानकारी नपाएर विद्यार्थी अलमलमा पर्न नपरोस् भनेर आयोजना गरिएको रोड शोको पहिलो कार्यक्रम आफ्नो उद्देश्यमा सफल भएको उनले बताए।
सो मेला देशका ५ सहरमा हुँदैछ । शुक्रबार र शनिबार काठमाडौंको पुतलीसडकस्थित संस्थाकै परिसरमा मेला हुनेछ।
यस्तै मंसिर २ मा चितवन, मंसिर ३ मा बुटवल र मंसिर ४ मा पोखरामा मेला गरेर उक्त शो समापन हुनेछ। पोखराको मेला चिप्लेढुंगास्थित सेलवेज टावरमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
हर्पनकोट माविमा छात्रवृत्ति वितरण
फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार
रास्वपा पोखरा २६ गठन
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०