कंगारुको शैक्षिक मेला शुरु

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५
kangaroo edu seminar photo

पोखरा, २९ कात्तिक । कंगारु एजुकेशन फाउण्डेशनले पूर्व झापाको दमकदेखि कंगारु  एजुकेशन फेयर : अल नेपाल रोड शो विहीवार शुरु गरेको छ ।

शैक्षिक मेलाको पहिलो दिन विर्तामोड क्षेत्रका ५ सयभन्दा धेरै विद्यार्थी र अभिभावक सहभागी भएका छन्। कार्यक्रममा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभन्नि २४ कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुबाट विद्यार्थीले परामर्श लिएको जनाइएको छ।

विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँ जाँदा गर्नुपर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, उता पुगेपछि हुने पढाइ, काम गर्न पाउने अवधि, पाइने काम, हुने आम्दानी जस्ता विषयमा चासो राखेका थिए ।

मेलामा सहभागी हुनेहरुलाई पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था गरिएको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एवं प्रमुख कार्यकारी  अधिकृत  महेशबाबु तिमल्सिनाले बताए।

विदेशमा अध्ययन गर्न चाहेर पनि सही सूचना र जानकारी नपाएर विद्यार्थी अलमलमा पर्न नपरोस् भनेर आयोजना गरिएको रोड शोको पहिलो कार्यक्रम आफ्नो उद्देश्यमा सफल भएको उनले बताए।

सो मेला देशका ५ सहरमा हुँदैछ । शुक्रबार र शनिबार काठमाडौंको पुतलीसडकस्थित संस्थाकै परिसरमा मेला हुनेछ।

यस्तै मंसिर २ मा चितवन, मंसिर ३ मा बुटवल र मंसिर ४ मा पोखरामा मेला गरेर उक्त शो समापन हुनेछ। पोखराको मेला चिप्लेढुंगास्थित सेलवेज टावरमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width

Recent Posts

भर्खरै