पोखरा, २८ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा २४, कास्कीकोट बहुसांस्कृतिक ग्रामको लागि उपयुक्त ठाउँ भएको बताएका छन् ।
काश्यप ऋषिको तपोभूमि कास्कीकोटमा बुधबार आयोजित बृहत् योग शिविर तथा प्रदेशस्तरीय बहुसांस्कृतिक ग्रामको लागि सम्भावित स्थलको अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘गण्डकी प्रदेशका विविधता झल्कने खालका सांस्कृतिक झलकको समिश्रणका लागि प्रदेशभरी चार ठाउँ सिफारिसमा आएका छन्, त्यसमध्ये कास्कीकोट सबै हिसाबले सम्भावना भएको ठाउँ हो ।’ उनले अन्य स्थानको पनि स्थलगत अवलोकनपछि कहाँ ग्राम बनाउनेबारे टुंगो लाग्ने बताए ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले काश्यप ऋषिकै नामले कास्की जिल्लाको नामकरण भएको बताउँदै राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहका सन्तान समेत कास्कीकोटका रहेको प्रष्ट पारे। कास्कीकोट दरबार अहिले पनि परिचित छ भन्दै कास्कीकोट राज्यका शाहबंशहरु गोर्खा गएर राज्य गरेपछि नेपाल एकीकरण शुरु भएको उनको भनाइ थियो।
धार्मिक एवं ऐतिहासिक रुपमा कास्कीकोटको महत्व भएकाले यसको सर्वाङ्गीण विकासको लागि प्रदेश सरकारले सोच बनाएको बताए। कार्यक्रममा गण्डकी प्रदेशका गृहमन्त्री हरिबहादुर चुमान, सामाजिक विकास मन्त्री नरदेवी पुन, पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ लगायतको उपस्थिति थियो।
कार्यक्रममा पतंजली योग समितिको विशेष सहयोगमा योग शिविर समेत भएको थियो ।
पोखरा वडा २४ आयोजक र हाम्रो कास्कीकोट युवा सञ्जालको सहआयोजनामा कार्यक्रम भएको हो। वडा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले वडाको विकासमा कुनै कन्जुश्याईँ नगरेको र बहुसांस्कृतिक ग्रामको लागि सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०