चितवन, २८ कात्तिक । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीले आगजनी र तोडफोड गरेका छन्। विद्यार्थीले मंगलबार साँझ विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय र प्रशासन कार्यालय भवनको सिसा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जाकारी अनुसार डिनको कार्यालय भवनको १५, केन्द्रीय कार्यालयका २५ र प्रशासन भवनको १२ वटा झ्यालका सिसा फुटेका छन्। प्रशासनको ढोका फुटाएर भित्र प्रवेश गरी पेट्रोल र्छर्किएर फर्निचर र कागजपत्रमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए।
केन्द्रीय कार्यालयको ढोका फोर्न नसकेपछि ढोकामै आगजनी गरेका छन्। घटनापछि तत्काल प्रहरी र विश्वविद्यालयका सुरक्षागार्डले आगो नियन्त्रणमा लिएको थियो। आगजनी र तोडफोडबाट लाखौं रुपैयाँ’ बराबरको क्षति भएको विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले बताए।
उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख राठौरले पक्राउ परेकाहरुमाथि आवश्यक छानविन गरी दोषीहरुलाई मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताए।
निजी कलेजलाई सम्बन्धन दिएको र भर्ना खुला गरेको भन्दै आन्दोलित विद्यार्थीले आगजनी र तोडफोड गरेका हुन्। सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया शुरु गरेपछि प्राध्यापक र विद्यार्थी आन्दोलित बनेका छन्। गत असार २० गते विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले कृषिमा सात र वन विषयमा एक निजी क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरेको थियो। सो निर्णय मन्त्रिपरिषद्को साउन १४ गते बसेको बैठकले खारेज गरेको थियो। तर, मन्त्रिपरिषद्को निर्णयविरुद्ध सवोर्च्च अदालतमा रिट परेपछि अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न/नगराउन गत असोज ९ गते आदेश गरेको छ।
रिट उपर अन्तिम आदेश आउन बाँकी नै छ। आगामी पुस २६ गते यो रिटको पेशी तय भएको छ। विश्वविद्यालयले कात्तिक २० गते स्नातक तहको भर्ना प्रक्रिया शुरु गर्ने निर्णय गरेको थियो। सवोर्च्चको आदेश कार्यान्वयनका लागि भन्दै विश्वविद्यालयले भर्ना खोलेको रजिष्ट्रार कोलाक्षपतिले बताए। निर्णयअनुसार वनको मंसिर २२ र कृषिको मंसिर २९ गते प्रवेश परीक्षा तोकिएको छ। विद्यार्थी संगठनहरुले गत भदौ २६ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालावन्दी गरेका छन्।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०