लमजुङ, २८ कात्तिक। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले नेपाली भाषा कमजोर नबनाउन आग्रह गरेकी छन्।
व्याब्सन लमजुङको आयोजनामा वेशीशहरमा आयोजना गरिएको प्याब्सन मिट-२०१८ उद्घाटन गर्दै उनले त्यस्तो आग्रह गरेकी हुन्।
उनले निजी विद्यालयले जनशक्ति उत्पादनमा राज्यलाई सहयोग गरिरहेको कार्य तारिफयोग्य रहेको तर ती विद्यालयका गतिविधिले नेपाली भाषा कमजोर र लोप हुन नहुने भन्दै प्याब्सनलाई सचेत गराइन्।
सामाजिक विकास मन्त्रालयको सबैभन्दा ठूलो जिम्मेवारी रहेको बताउँदै उनले भनिन्, ‘एक जना बालकले गर्भमा भ्रूणको रुप लिँदै गर्दा उसको संरक्षणदेखि जन्मिएर बूढो भइ मृत्युपछि गरिने संस्कारसम्मका विषय आफ्नो मन्त्रालयले हेर्ने जिम्मेवारी छ।’
उनले तत्काल प्रदेश सरकारले ‘एक स्थानीय तह, एक खेलकुद मैदान’ बनाउने लक्ष्य लिएको जानकारी दिँदै त्यसको जग्गाको छनौट, खेल मैदानको क्षमता, निर्माण गर्दा लाग्ने खर्च र स्थानीय तहले बेहोर्ने बजेटको प्रतिशत उल्लेख भएको योजना पठाउनु पर्ने बताइन्। उनले त्यस्तो योजनाका साथमा स्थानीय पालिकाको सिफारिस समेत रहेको योजनालाई प्राथमिकता दिने जानकारी दिइन्।
त्यस्तै, मन्त्री पुनले विकास र समृद्धिका लागि चार क्षेत्र कृषि, पर्यटन, जलविद्युत् र उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताइन्।
सरकारले केही गरेन भन्ने गुनासो आफूले सुन्ने गरेको बताउँदै उनले यो वर्षको बजेट र विकासका कार्यले अब गति लिने छ भन्ने दाबी गरिन्।
प्याब्सनका जिल्ला अध्यक्ष तारानाथ घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा जिल्ला संयन्त्र सदस्य कृष्णप्रसाद अधिकारी, नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, ब्यासनको केन्द्रीय सदस्य एवम् मस्र्याङ्दी गाउँपलिकाका अध्यक्ष अर्जुन गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बस्नेतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
तीन दिनसम्म चल्ने सो प्रतियोगितामा २५ विद्यालयका छात्रछात्राले भाग लिएका छन् । खेलकुद विभिन्न १९ वटा इभेन्टमा प्रतिस्पर्धा गराइने प्यासन जिल्ला सहसचिव ज्ञानेन्द्र शर्माले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०