पोखरा, २८ कात्तिक। फेवाताल जलाधार क्षेत्रको संरक्षण एवं व्यवस्थापनका लागि निजी क्षेत्रबाट सहयोग शुरु भएको छ।
त्यसका लागि बुधबार रेवानले ५० हजार आर्थिक सहयोग गरेको छ भने फेवा डुंगा व्यवसायी संघ पोखराले ५० हजार र टानले ३० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
यसअघि हानले एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेको थियो। फेवा वाटरसेक इकोसिष्टम म्यानेजमेन्टको बुधबारको बोर्ड बैठकमा सहयोग र सहयोगको घोषणा गरिएको बोर्डका सचिव दिलबहादुर भट्टराईले जानकारी दिए।
फेवाताल जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि निजी क्षेत्रबाट शुरु गरिएको सहयोगले उत्साह थपेको उनको भनाइ छ। संरक्षण तथा व्यवस्थापनका लागि हरियो वन कार्यक्रमले पनि सहयोग गर्दै आइरहेको छ।
बैठकमा फेवाताल जलाधार क्षेत्रको संरक्षण एवं व्यवस्थापनका लागि तीनवर्षे कार्ययोजना प्रस्तुत गरिएको छ। कार्ययोजनामा बायोइञ्जिनियरिङ, चेकड्याम तथा गल्छी नियन्त्रण, सडक किनारमा बृक्षरोपण, नदी बहाव नियन्त्रण, आयआर्जनका कार्यक्रम, पानीको मूल संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्वन लगायत छन्। सरोकारवालासँग आवश्यक छलफल गरी कार्ययोजनालाई अन्तिम रुप दिने तयारी छ।
बैठकमा पोखराका महानगरपालिकाका मेयर एवं बोर्डका अध्यक्ष मानबहादुर जिसीले भएका सं्रोत साधन प्रयोग गर्दै फेवाताल जलाधार क्षेत्रको संरक्षण एवं व्यवस्थापनमा जुट्नु पर्ने आवश्यकता औंल्याए।
जलाधार क्षेत्रमा भैरहेका मनोमानी कार्यहरु रोक्नेतर्फ विशेष ध्यान दिनु पर्ने उनको भनाइ छ। तालको क्षेत्रफल घट्न नदिन तथा भूक्षय नियन्त्रणमा उनको जोड थियो। बैठकमा बोर्डका पुण्य पौडेल, सचिव दिलबहादुर भट्टराई, हरियो वन कार्यक्रममा अधिकृत रामजी भण्डारी लगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०