पोखरा, २८ कात्तिक । सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूतिका साथै सहज ढंगले काम गर्ने वातावरण सृजना हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ।
फ्रिडम फोरमद्वारा पोखरामा बुधबार आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक अन्तरक्रियामा सहभागी वक्ताले सो कुरामा जोड दिएका हुन् ।
उनीहरुले दण्डहीनता अन्त्यका लागि राजनीतिक पार्टीकाई गम्भीर हुनुपर्ने, पत्रकारलाई सधँै मानसिक त्रास, धम्की र भौतिक आक्रमणजस्ता घटनाबाट पीडित हुनुपर्ने भएकाले कुनै पनि बहानामा दोषीलाई उन्मुक्ति दिन नहुने, पत्रकारहरूमा पनि देखिएका कमीकमजोरीमा सुधार ल्याउनुपर्ने र पत्रकारहरूबीच ऐक्यबद्धता आवश्यक रहेको विषयमा सुझाव दिएका हुन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले विकृति र विसंगति उजागर गर्ने काम सञ्चारकर्मीले गर्दै आइरहेको भन्दै मानवअधिकार हनन नहुन दिनका लागि सुरक्षाकर्मीलाई सधैँ सचेत गराउने कार्य भइरहेको बताए।
राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख दीपकध्वज कार्कीले पत्रकारहरू अझै असुरक्षित रहेको प्रसंग उल्लेख गर्दै तुलनात्मक रुपमा सीमावर्ती क्षेत्रका पत्रकारहरू धम्कीलगायत कारणले बढी पीडित रहेको उल्लेख गरे।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले दण्डहीनता गर्नेमाथि कडा कारवाही हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै समाजलाई सचेत गराउने जिम्मेवारी बोकेकाले पत्रकारहरूलाई खतरा मोलेर भए पनि कार्य गर्नुपर्ने बताए।
प्रहरी नायब उपरीक्षक नवीन कार्कीले लोकतन्त्रको सुन्दर पक्षका रुपमा प्रेसको स्वतन्त्रता र कानूनी राज्य रहेको भन्दै पत्रकारहरूप्रति कुनै प्रकारको प्रहरीबाट भएको ज्यादत्रि्रति दुःख व्यक्त गर्दै कसैले पत्रकारलाई धम्की दिएमा तुरुन्त खबर गर्न आग्रह गरे।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको दुर्र्व्यहारलगायत घटनामा महासंघले गम्भीर भएर आफ्नो जिम्मेवारी बहन गरेको जानकारी गराउँदै पत्रकारलाई दुर्र्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही गर्नुपर्ने विषयमा जोड दिए ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्त्ाोला, कोपिला नेपालका कार्यकारी निदेशक विना सिलवाल, सामाजिक अभियन्ता रामबहादुर पौडेल, पत्रकार पुण्य पौडेल, लालप्रसाद शर्मा, फ्रिडम फोरम गण्डकी प्रदेश संयोजक रमेश पौडेल, शान्तिका लागि नागरिक समाज सञ्जाल कास्कीका संयोजक विष्णुप्रसाद बराललगायतले राज्यको चौथो अंगमाथिको प्रहारले सुशासन स्थापित हुन नसक्ने विचार व्यक्त गरे ।
पत्रकार उत्तम पौडेल र प्रकाश ढकालले पत्रकारमाथि दुर्र्व्यवहार गर्नेमाथि कारवाही नगरी मिलेमतोमा माफी मगाएर छोड्नुको सट्टामा मुद्दा दर्ता गरी कारबाही हुनुपर्ने माग राखे।
कार्यक्रममा विभिन्न समयमा हत्या गरिएका एवं बेपत्ता पारिएका पत्रकारका बारेेमा तयार गरिएको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९