पोखरा, २८ कात्तिक । लायन्स क्लब अफ पोखरा लामाचौर र सच्चाइको सत्संग पोखरा-१९ को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७६ यूनिट रगत संकलन भएको लायन्स क्लब अफ पोखरा लामाचौरकी सहसचिव सिर्जना रिजाल कार्कीले जानकारी दिइन् ।
प्रमुख अतिथि लायन्स डिष्ट्रिक ३२५ बी १ का पिआरओ परमेश्वर बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ज्ञानु लामा, थिरबहादुर थापा, नवीन भण्डारी, उमेशचन्द्र देवकोटा लगायतले रक्तदान कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।
क्लब अध्यक्ष सञ्जय लामाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विनोद बिकले गरेका थिए । क्लब प्रथम उपाध्यक्ष ज्ञानु लामा पहिलो रक्तदाता थिए । संकलित ७६ यूनिट रगत क्लब अध्यक्ष सञ्जय लामा र प्रथम उपाध्यक्ष ज्ञानु लामाले संयुक्त रुपमा रक्त सञ्चार केन्द्र पोखराका प्रमुख ध्रवमणि लम्साललाई हस्तान्तरण गरेको जानकारी लायन्स पोखरा लामाचौरकी सहसचिव सिर्जना रिजाल कार्कीले दिइन् ।
यसअघि, लायन्स पोखरा लामाचौर र सच्चाइको सत्संग पोखरा-१९ ले मानव सेवा आश्रममा २० हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो ।
Related News
सम्बन्धित समाचार
कथा सुन्न भक्तजनको आकर्षण
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१