सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री पदमुक्त

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७५
m

kb tyf uf]kgLotfsf] zky ;’b”/klZrd k|b]zsf d’VodGqL lqnf]rg e§ k|b]z k|d’vsf] sfof{no wgu9Ldf d+unaf/ cfof]lht ;df/f]xdf gjlgo’Qm ;fdflhs ljsf;dGqL s[i0f/fh ;’j]bLnfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . t:jL/M l;4/fh e§÷/f;;

धनगढी, २७ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई मंगलबार पदमुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १६९, उपधारा २ को ‘ख’ बमोजिम उनलाई पदमुक्त गरिएको हो।  रिक्त सामाजिक विकासमन्त्रीको पदमा संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्य कृष्णराज सुवेदी नियुक्त भएका हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तर्फबाट कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा मंगलबार अपराहृन आयोजित समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा नवनियुक्त सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई पद तथा गोपनीयताका शपथ गराए।

सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावललगायत उपस्थित थिए ।

यसअघि गएको असोज महीनामा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावललाई नियुक्त गरिएको थियो। करीब १० महिनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्मा एक राज्यमन्त्रीसहित आठ मन्त्री छन्।

नवनियुक्त सामाजिक विकासमन्त्रीलाई मंगलबार साँझ शपथग्रहण गराएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले पदीय मर्यादा र कार्य सम्पादनको विषयलाई लिएर उनलाई पदमुक्त गरिएको बताए। मुख्यमन्त्री भट्टले भने, “संसदीय व्यवस्थाअनुसार नै हट्ने र रहने कुरा हुन्छ।” मन्त्रीबाट पदमुक्त भएका दीर्घबहादुर सोडारी तत्कालीन नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष थिए। उनी कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ कै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width