धनगढी, २७ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई मंगलबार पदमुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६९, उपधारा २ को ‘ख’ बमोजिम उनलाई पदमुक्त गरिएको हो। रिक्त सामाजिक विकासमन्त्रीको पदमा संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्य कृष्णराज सुवेदी नियुक्त भएका हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तर्फबाट कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा मंगलबार अपराहृन आयोजित समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा नवनियुक्त सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई पद तथा गोपनीयताका शपथ गराए।
सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावललगायत उपस्थित थिए ।
यसअघि गएको असोज महीनामा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावललाई नियुक्त गरिएको थियो। करीब १० महिनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्मा एक राज्यमन्त्रीसहित आठ मन्त्री छन्।
नवनियुक्त सामाजिक विकासमन्त्रीलाई मंगलबार साँझ शपथग्रहण गराएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले पदीय मर्यादा र कार्य सम्पादनको विषयलाई लिएर उनलाई पदमुक्त गरिएको बताए। मुख्यमन्त्री भट्टले भने, “संसदीय व्यवस्थाअनुसार नै हट्ने र रहने कुरा हुन्छ।” मन्त्रीबाट पदमुक्त भएका दीर्घबहादुर सोडारी तत्कालीन नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष थिए। उनी कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ कै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१