पोखरा, २७ कात्तिक । नेपाल पत्रकार महासंघ कास्कीले मिडिया अनुगमन शुरु गरेको छ ।
कास्कीमा कार्यरत पत्रकार तथा विभिन्न संचारमाध्यमको अवस्थाबारे जानकारी लिँदै पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा दबाब दिन मंगलबारदेखि अनुगमन शुरु गरिएको महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
कास्कीका १३ वटा विभिन्न संचारमाध्यममा पुगेर टोलीले मिडिया हाउस र पत्रकारको न्यूनतम पारिश्रमिकको अवस्थाबारे जानकारी लिएको उनले जनाए । अनुगमन गर्दा केहीमा राम्रो, केहीमा सन्तोषजनक र केहीमा सुधार गर्नुपर्ने अवस्था देखिएको उनले जानकारी दिए ।
महासंघले नियमित अनुगमन गर्दै सरोकारवाला पक्षहरुसँग एकै ठाँउमा राखेर पनि छलफल तथा अन्तक्रिर्या समेत गर्ने जनाएको छ । पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सहजीकरण गर्न महासंघ तयार रहेको उनले जनाए ।
महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्यप्रसाद पौडेलको संयोजकत्वको अनुगमन टोलीमा शाखा अध्यक्ष श्रेष्ठ सहित महासंघ केन्द्रीय सदस्य एवं शाखा सल्लाहकार रामकृष्ण ज्ञवाली, सल्लाहकारद्वय बद्रीविनोद प्रतीक, रमेश पौडेल, शाखा सचिव रामप्रसाद तिमिल्सिना, सहसचिव दीननाथ बराल, सदस्य प्रकाश ढकाल, सुरज श्रेष्ठ, पत्रकार भरत कोइराला लगायतको सहभागिता थियो ।
टोलीले पत्रिकातर्फ आदर्श समाज, समाधान, हिमदूत, पोखरापत्र, टिभीतर्फ फेवा, गण्डकी, गोल्डेन आई, पोखरा टेलिभिजन तथा एफएमतर्फ रेडियो अन्नपूर्ण, रेडियो बाराही, रेडियो तरंग, गण्डकी, थ्रि-एञ्जल अनुगमन गरेको हो ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९