पत्रकार महासंघद्वारा मिडिया अनुगमन

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७५

पोखरा, २७ कात्तिक । नेपाल पत्रकार महासंघ कास्कीले मिडिया अनुगमन शुरु गरेको छ ।

कास्कीमा कार्यरत पत्रकार तथा विभिन्न संचारमाध्यमको अवस्थाबारे जानकारी लिँदै पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा दबाब दिन मंगलबारदेखि अनुगमन शुरु गरिएको महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

कास्कीका १३ वटा विभिन्न संचारमाध्यममा पुगेर टोलीले मिडिया हाउस र पत्रकारको न्यूनतम पारिश्रमिकको अवस्थाबारे जानकारी लिएको उनले जनाए । अनुगमन गर्दा केहीमा राम्रो, केहीमा सन्तोषजनक र केहीमा सुधार गर्नुपर्ने अवस्था देखिएको उनले जानकारी दिए ।

महासंघले नियमित अनुगमन गर्दै सरोकारवाला पक्षहरुसँग एकै ठाँउमा राखेर पनि छलफल तथा अन्तक्रिर्या समेत गर्ने जनाएको छ । पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सहजीकरण गर्न महासंघ तयार रहेको उनले जनाए ।

महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्यप्रसाद पौडेलको संयोजकत्वको अनुगमन टोलीमा शाखा अध्यक्ष श्रेष्ठ सहित महासंघ केन्द्रीय सदस्य एवं शाखा सल्लाहकार रामकृष्ण ज्ञवाली, सल्लाहकारद्वय बद्रीविनोद प्रतीक, रमेश पौडेल, शाखा सचिव रामप्रसाद तिमिल्सिना, सहसचिव दीननाथ बराल, सदस्य प्रकाश ढकाल, सुरज श्रेष्ठ, पत्रकार भरत कोइराला लगायतको सहभागिता थियो ।

टोलीले पत्रिकातर्फ आदर्श समाज, समाधान, हिमदूत, पोखरापत्र, टिभीतर्फ फेवा, गण्डकी, गोल्डेन आई, पोखरा टेलिभिजन तथा एफएमतर्फ रेडियो अन्नपूर्ण, रेडियो बाराही, रेडियो तरंग, गण्डकी, थ्रि-एञ्जल अनुगमन गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width