याक अट्याक रेसमा हृयाटि्रक

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७५
lam

लमजुङ, २७ कात्तिक। याक अट्याक-२०१८ माउन्टेन बाइक साइकल रेस प्रतियोगितामा क्यानेडियन नागरिक ३४ वर्षे करी वालेस च्याम्पियन भएका छन्। उनको यो जितसँगै उपाधिमा हृयाटि्रक गरे ।

हरेक वर्ष वेशीसहरबाट शुरु हुने विश्वकै चर्चित अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको यसपालिको १२ औं संस्करणको सो प्रतियोगिता ५ दिनसम्म चलेको थियो । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने संसारकै अग्लो मानिने ५ हजार ४ सय १६ मिटर उचाइको हिमालीपारीको जिल्ला मनाङस्थित थोराङ्ला भञ्ज्याङ पास गरेर प्रतियोगीहरू मुस्ताङ कागबेनी हुँदै कालोपानी पुगेको प्रतियोगिता व्यवस्थापक माउन्टेन बाइक (एमटीबी) नेपालका निर्देशक अजय पण्डित क्षेत्रीले बताए। उनका अनुसार १४ देशका ३२ प्रतियोगीले भाग लिएको सो प्रतियोगितामा ९ नेपाली थिए।

प्रतियोगितामा १८५ किमीको दुरी १२ घण्टा ३० मिनेट ५० सेकेण्डमा पूरा गर्दै करी च्याम्पियन हुँदा १३ घण्टा ३१ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गरी नेपालका २४ वर्षीय रोअन तामाङ -बुद्धिबहादुर तामाङ) दोस्रो भए । नेपालकै ओकेस बज्राचार्यले तेस्रो स्थान हासिल गरेका छन् । उनले १३ घण्टा ३५ मिनेट १ सेकेन्डमा दुरी पार गरे ।

वेशीसहरबाट शुरु प्रतियोगिता लमजुङको खुदी, रामजार, च्याम्चे हुँदै मनाङको प्रवेश नाका ताल, मनाङ गाउँ, थोराङफेदी, मुस्ताङको कागबेनीकाट कालोपानीमा पुगेर टुंगिएको थियो। महिलातर्फ अष्ट्रेलियाकी ३१ बर्षीया करेन हिल पहिलो भइन्। आठ प्रतियोगीमध्ये उनले १७ घण्टा ५९ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । नेपालकी ३० बर्षीया लक्ष्मी मगर दोस्रो भइन्। उनले १९ घण्टा १८ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी गरिन् । २६ घण्टा ३६ घण्टा ५८ मिनेटमा दौड पूरा गरेकी नेदरल्याण्डकी निन्के उस्ट्रा तेस्रो भइन् ।

बेलायतस्थित माउन्टेन बाइकिङ वर्ल्डवाइडको आयोजनामा भएको प्रतियोगितामा विजयीलाई १ हजार, ५ सय र २ सय ५० डलर पुरस्कार प्रदान गरिएको संस्थाका निर्देशक फिल इभान्सले बताए।

त्यस्तै, चालीस वर्षमाथिका प्रतियोगीमध्ये निर्धारित दूरी १५ घण्टा, ३८ मिनेट १८ सेकेन्डमा पार गर्दै नेपालका हर्क लामा पहिलो भए। पोर्चुगलका जोसे टेक्सेरिया र स्पेनका जोसे मारिया अर्डेजोन क्रमशः दोस्रो र तेस्रो भए।

यसैगरी, ५० वर्षमाथिको इभेन्टमा बेल्जियमका पिरे कस्टाग्ने, सर्ज भ्यान भौचेलेन र भिसेन्ट गौभरनियर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

प्रतियोगितामा नेपाल सहित अष्ट्रिया, इटाली, क्यानाडा, बेल्जियम, कोष्टारिका, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, इक्वेडर, फ्रान्स, स्पेन र पोर्चुगलका प्रतियोगी सहभागी भएको आयोजकले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width