पोखरा, २७ कात्तिक । महिला सीप विकास संस्थाले सिटिजन्स् एशोसिएसन फर नेपाल एक्स्चेञ्ज, जापानबाट आएको टोलीलाई स्वागत सम्मान गरेको छ ।
एशोसिएसन अध्यक्ष कोमात्सुबारा सिगेकी, उपाध्यक्ष कोमात्सो मासाफूमी, सचिव एकुरा नोराकाजु लगायत टोलीका १० जना सदस्यलाई माला र मायाको चिनोसहित स्वागत तथा सम्मान गरिएको हो ।
जापानको कोमागानेमा रहेको सो संगठनबाट संस्थामा जेनेरेटर खरिदका लागि जापानी यन ३० हजार आर्थिक सहयोग प्राप्त भएको संस्थाका कार्यकारी निर्देशक रामकलि खड्काले जानकारी दिइन् । कार्यक्रममा खड्काले उक्त सहयोगबाट संस्थाका दिदीबहिनीको आर्थिक समृद्धिमा ठूलो टेवा मिल्ने बताइन् ।
एशोसिएसन अध्यक्ष कोमात्सुबारा सिगेकीले महिला सीप विकासले गरेको कामले धेरै ग्रामीण महिलाहरुको जीवनमा परिवर्तन आएको जानकारी मिलेपछि उक्त सहयोग गर्न प्रेरणा मिलेको बताए । जापानी टोलीले संस्थाको अवलोकनसमेत गरेको थियो ।
कोमागाने र पोखरा नगरबीच मितेरी सम्बन्ध गाँसिएको १८ वर्ष पूरा भएको अवसरमा टोली केही दिनअघि पोखरा आएको हो ।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९