महिला सीप विकासमा जापानी सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७५
sip

पोखरा, २७ कात्तिक । महिला सीप विकास संस्थाले सिटिजन्स् एशोसिएसन फर नेपाल एक्स्चेञ्ज, जापानबाट आएको टोलीलाई स्वागत सम्मान गरेको छ ।

एशोसिएसन अध्यक्ष कोमात्सुबारा सिगेकी, उपाध्यक्ष कोमात्सो मासाफूमी, सचिव एकुरा नोराकाजु लगायत टोलीका १० जना सदस्यलाई माला र मायाको चिनोसहित स्वागत तथा सम्मान गरिएको हो ।

जापानको कोमागानेमा रहेको सो संगठनबाट संस्थामा जेनेरेटर खरिदका लागि जापानी यन ३० हजार आर्थिक सहयोग प्राप्त भएको संस्थाका कार्यकारी निर्देशक रामकलि खड्काले जानकारी दिइन् । कार्यक्रममा खड्काले उक्त सहयोगबाट संस्थाका दिदीबहिनीको आर्थिक समृद्धिमा ठूलो टेवा मिल्ने बताइन् ।

एशोसिएसन अध्यक्ष कोमात्सुबारा सिगेकीले महिला सीप विकासले गरेको कामले धेरै ग्रामीण महिलाहरुको जीवनमा परिवर्तन आएको जानकारी मिलेपछि उक्त सहयोग गर्न प्रेरणा मिलेको बताए । जापानी टोलीले संस्थाको अवलोकनसमेत गरेको थियो ।

कोमागाने र पोखरा नगरबीच मितेरी सम्बन्ध गाँसिएको १८ वर्ष पूरा भएको अवसरमा टोली केही दिनअघि पोखरा आएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width