लेखनाथ, २७ कात्तिक । राईजिङ स्टार युथ क्लबले बौद्धिक अपाङगता भएका बालबालिका रेखदेख गर्दै आएको सुनैालो बिहानी कास्की नेपाललाई सहयोग गरेको छ ।
पोखरा ३०, पावरहाउसमा रहेको सुनौलो बिहानीलार्ई क्लबको सक्रियतामा पोखराका युवराज गुरुङ र प्रीया गुरुङले आफ्नी छोरी सोहनाज गुरुङको नामबाट २० हजार सहयोग गरेका हुन् ।
बौद्धिक अपाङगता भएका बालबालिकाको हेरचाहका लागि स्थापना गरिएको दिवा सेवा केन्द्रमा क्लबका अध्यक्ष सहितको प्रतिनिधि टोलीले सुनौलो बिहानीका कास्की अध्यक्ष मिलन केसीलाई उक्त रकम सहयोग गरेको हो । सोही अवसरमा क्लब अध्यक्ष विष्णुप्रसाद गुरुङले व्यक्तिगत ३ हजार सहयोग गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष मिलन केसी, सल्लाहकार प्रेम लिगल र क्लबका अध्यक्ष विष्णुप्रसाद गुरुङले बौद्धिक अपाङगता भएका बालबालिकाका लागि सबैले सहयोग गर्न पर्नेमा जोड दिए ।
पाँच वर्षदेखि संचालित उक्त देवा सेवा केन्द्रमा हाल ९ जना बौद्धिक अपाङगता भएका बालबालिकाका आश्रति छन् ।
Related News
सम्बन्धित समाचार
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
नेरेसो उपशाखा ८ को सभा
रैथाने अन्नबाली खान जोड
कालिका क्याम्पस अध्यक्षमा किरण केसी
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९