मृगौलापीडितको सहयोगमा जुर्मुराए गाउँले

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७५
kidney_Fotor

पोखरा, २७ कात्तिक । मुस्ताङ बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका-३, छुसाङकी फुडोमा गुरुङको जीवनमा ठूलो बज्रपात पर्‍यो । जब उनले बुढेशकालको एकमात्र सहारा १६ वर्षीय छोरा तेञ्जिङ निमा गुरुङको दुवै मृगौला फेल भएको चिकित्सकबाट थाहा पाइन् ।

गाउँमै दुःखजेलो गर्दै छोरा हुर्काउँदै गरेकी उनको लागि ठूलो धनराशी खर्च गरेर उपचार गर्ने उपाय नै थिएन । अर्काको घरमा काम गर्दै छोरालाई भारत हिमाञ्चलस्थित एक तिवेतियन विद्यालयमा पढाउँदै थिइन् ।

“पाँच महिना भयो कक्षा ९ मा पढ्दै गरेको छोरा अहिले पोखरा आफन्तको घरमा राखेर डायलोसिस गराउँदैआएकी छु,” उनी भन्छिन्-“अब छोराको लागि आफ्नै किड्नी दिएर जीवन बचाउने सोचेकी छु ।” किडनी ट्रान्सप्लान्ट गर्न ठूलो धनराशी खर्च हुने भएपछि उनी यसअघि निकै हच्किएकी थिइन् । तर सहयोगका लागि गाउँले नै जुरुक्क उठे । अमेरिका, बेलायत, फ्रान्स, जापान, कोरिया लगायतबाट सहयोगको आइरो नै लाग्यो, उपचारका लागि करिब ६० लाख रुपैयाँ संकलन भयो ।

पोखरास्थित छुसाङ समाज मुस्ताङका कोषाध्यक्ष अशोक गुरुङ भन्छन्-“यस्तो किडनी फेल भएको हाम्रो गाउँको लागि नयाँ घटना हो, फेरि गरीब परिवार पनि भएकोले सबैको मन छोएको छ । यति ठूलो सहयोग रकम उठ्ला भन्ने कसैले नसोचेको उनको भनाइ छ । अमेरिकास्थित माथिल्लो मुस्ताङीहरुको संस्था मुस्ताङ किडुग संस्थाको पहलमै करिब ३३ लाख संकलन भएको हो । अमेरिकामा बस्ने नेपालीहरुले उनको उपचारका लागि खुलेर सहयोग गरेका छन् ।

तेञ्जिङको उपचारका लागि छुसाङ चारगाउँ समाज अमेरिका, मुस्ताङ एफसी प्रेसिडेन्ट अमेरिकाका दावा दोजो गुरुङ, हिमालयन याकका म्यानेजर बाबुराम गुरुङ, अमेरिकास्थित आङ देजेन शेर्पा, कर्मा गुरुङ, गिभिङ इज लभ तिवेतेन यूवर संस्था अमेरिका लगायत अन्य नेपाली सहयोगीबाट करिब ३३ लाख रकम उपचारका सहयोगार्थ खोलिएको मेगा बैंकको खातामा जम्मा गरिएको छ ।

प्राप्त रकम पोखरास्थित छुसाङ चार गाउँ समाजका अध्यक्ष श्यामलाल गुरुङ र कोषाध्यक्ष अशोक गुरुङले तेञ्जिङ र उनकी आमा फुडोमालाई संयुक्त हस्तान्तरण गरे । तेञ्जिङका लागि देशविदेशबाट सहयोग गर्ने सबैलाई आभार समेत व्यक्त गरे। तेञ्जिङको थप उपचारका लागि काठमाडौं पठाइने तयारी समेत भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width