लमजुङ, २५ कात्तिक। नेपाली कांग्रेस लमजुङका जिल्ला नेता प्रकाशबाबु तिवारीको हृदयघातका कारण निधन भएको छ ।
५४ वषिर्य तिवारीको उपचारका क्रममा जिल्ला अस्पताल बेसीशहरमा निधन भएको हो।
आइतबार बिहान करिब ३ बजेको समयमा घरमा अकस्मात अस्वस्थ भएपछि तिवारीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा विहान साँढे ६ बजे तिवारीको निधन भएको काँग्रेस लमजुङका जिल्ला सचिव हरिप्रसाद बरालले जानकारी दिए । बरालका अनुसार तिवारी मुटुको समस्याका कारण पटक पटक बिरामी थिए ।
यसअघि पनि तिवारीको २ पटकसम्म हृदयघातको उपचार गरिसकेको परिवारस्रोतले बताएको छ । तिवारीको २०७४ सालको साउनमा मुटुको भल्वसमेत फेरिएको थियो।
बेसीसहर नगरपालिका-११ मा स्थायी बसोबास गर्दै आएका नेता तिवारी नेपाली काँग्रेसको जिल्ला कार्यसमितिका सदस्यसमेत रहेका थिए।
पार्टीको कामका अतिरिक्त तिवारी पछिल्लो वर्ष व्यवसायिक गाइपालनमा जुटेका थिए । उनका एक श्रीमती र दुर्इ छोरा छन् ।
दश वर्षे द्वन्द्वकालीन समयमा समेत पार्टीलार्इ जोगाउन सकृय तिवारीको निधनप्रति नेपाली काँग्रेस लमजुङले गहिरो दुःख ब्यक्त गरेको छ ।
काँग्रेसले सकृय युवा नेता गुमाउनुपर्दा पार्टीलार्इ ठूलो क्षति भएको भन्दै दिवंगत नेताप्रति पार्टीे श्रद्धाञ्जली अर्पण गरेको छ ।
दिवंगत नेता तिवारीको आइतबार मस्र्याङ्दी र दोर्र्दी दोभानको त्रिवेणीधाममा अन्त्येष्टी गरिएको छ । तिवारीका छोरा विदूर र विवेकले दागबत्ती दिएका थिए ।
Related News
सम्बन्धित समाचार
गिरिजाप्रसाद कोइरालाको स्मरण
ढिलै भए पनि बजेट परिष्कृत आउँछः मन्त्री खड्का
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
मल बिउ माग्दै धर्ना
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९