पोखरा, २५ कात्तिक। पोखराको सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीको सहयोगार्थ यस बर्षको
देउसी भैलोबाट ५ लाख १० हजार ७ सय ३ रुपैया संकलन भएको छ।
‘संस्कृतिको जगेना गरौं, सहारा एकेडेमीलाई सहयोग गरौं’ भन्ने मूल नाराका साथ पोखरा क्षेत्रमा ५ दिनसम्म एकेडेमीले खेलेको देउसी भैलो कार्यक्रमबाट उक्त रकम संकलन भएको क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए। क्लवका शुभेच्छुकहरुको घर घरमा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित उक्त रकम विपन्न बर्गका अनाथ र असहाय वालकहरुको भरणपोषमा खर्चिने अध्यक्ष थापाले बताए।
‘क्लवको स्थापनाकालदेखि हरेक बर्ष तिहारमा देउसी भैलो कार्यक्रम गर्दै आएको छ,’ अध्यक्ष थापाले भने, ‘सहारा एकेडेमी संचालनको मुल आयश्रोत आहा रारा गोल्ड कप हो। दोश्रो दीगो आयश्रोतको रुपमा देउसी भैलो नै रहेको छ। क्लवको हरेक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नु हुनेप्रति अध्यक्ष थापाले धन्यवाद तथा आभार व्यक्त गरेका छन्। क्लवका सदस्य कलाकार, एकेडेमीका वालकसहित क्लवका पदाधिकारीहरु कार्यक्रममा सहभागी भएको कार्यक्रम संयोजक बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ ‘सुरज’ ले बताए।
नेपाली कला संस्कृतिक झल्कने तथा नेपाली मौलिकतासम्बन्धी देउसी भैलो कार्यक्रममार्फत कलाकारहरुले गीत तथा नृत्य प्रदर्शन गरेको सांस्कृतिक संयोजक बिनु रानामगरले बताइन्। क्लवद्धारा निर्मित सुविधासम्पन्न आवासगृहसहितको सहारा एकेडेमीको दोबिल्ला पोखरा-१७ मा हाल १६ जिल्लाका २८ जना बालकहरु छन्।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९