सहारा एकेडेमीको देउसी भैलोबाट पाँच लाख संकलन

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७५

पोखरा, २५ कात्तिक।  पोखराको सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीको सहयोगार्थ यस बर्षको

देउसी भैलोबाट ५ लाख १० हजार ७ सय ३ रुपैया संकलन भएको छ।

‘संस्कृतिको जगेना गरौं, सहारा एकेडेमीलाई सहयोग गरौं’ भन्ने मूल नाराका साथ पोखरा क्षेत्रमा ५ दिनसम्म एकेडेमीले खेलेको देउसी भैलो कार्यक्रमबाट उक्त रकम संकलन भएको क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।  क्लवका शुभेच्छुकहरुको घर घरमा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित उक्त रकम विपन्न बर्गका अनाथ र असहाय वालकहरुको भरणपोषमा खर्चिने अध्यक्ष थापाले बताए।

‘क्लवको स्थापनाकालदेखि हरेक बर्ष तिहारमा देउसी भैलो कार्यक्रम गर्दै आएको छ,’ अध्यक्ष थापाले भने, ‘सहारा एकेडेमी संचालनको मुल आयश्रोत आहा रारा गोल्ड कप हो। दोश्रो दीगो आयश्रोतको रुपमा देउसी भैलो नै रहेको छ।  क्लवको हरेक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नु हुनेप्रति अध्यक्ष थापाले धन्यवाद तथा आभार व्यक्त गरेका छन्। क्लवका सदस्य कलाकार, एकेडेमीका वालकसहित क्लवका पदाधिकारीहरु कार्यक्रममा सहभागी भएको कार्यक्रम संयोजक बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ ‘सुरज’ ले बताए।

नेपाली कला संस्कृतिक झल्कने तथा नेपाली मौलिकतासम्बन्धी देउसी भैलो कार्यक्रममार्फत कलाकारहरुले गीत तथा नृत्य प्रदर्शन गरेको सांस्कृतिक संयोजक बिनु रानामगरले बताइन्। क्लवद्धारा निर्मित सुविधासम्पन्न आवासगृहसहितको सहारा एकेडेमीको दोबिल्ला पोखरा-१७ मा हाल १६ जिल्लाका २८ जना बालकहरु छन्।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width