लमजुङ, २४ कात्तिक। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुन्दरबजार नगरपालिका क्षेत्रमा फुटबल मैदान बनाउने जग्गा खोज्न नगरपालिकाका मेयरसहित पदाधिकारीलाई निर्देशन दिएका छन्। दीपावली अवसरमा सुन्दरबजार नगरपालिका-७ स्थित खत्रीठाँटीमा जनशक्ति युवा क्लबद्वारा आयोजना गरिएको दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिताको समापनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘मानव जीवनमा खेलकुदको अधिक महत्व रहेको, खेलकुदले राष्ट्रिय गौरव समेत बढाउने कार्य गर्ने हुँदा प्रत्येक पालिकामा इलाभने ए साइजको फुटबल ग्राउण्ड हुन आवश्यक छ,’ त्यसका लागि आवश्यक जग्गा उपलब्ध भएमा खेलमैदान निर्माणका लागि प्रदेश सरकारले सहयोग समेत गर्नेछ ।’
मुख्यमन्त्री गुरुङले मध्यपहाडी लोकमार्गलाई भाग्यको अवसरको रुपमा लिन स्थानीयवासीलाई आग्रह गरे।
त्यसैगरी, पर्याप्त स्रोतसाधन अभावले सरकारले चाहेजस्तो उपलब्धि हासिल गर्न नसकेको मुख्यमन्त्री गुरुङले गुनासो गरे। उनले स्रोतसाधनकै कमीले गर्दा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय नहुँदा सरकार अलमलमा परेको उल्लेख गरे।
निवर्तमान सांसद जमिन्द्रमान घलेले युवाहरूलाई राष्ट्रप्रेम, अनुशासन, आपसी भाइचारा र सद्भावको विकास गर्न खेलकुदको विशेष भूमिका हुने बताउँदै विजेतालाई बधाई दिए।
प्रतियोगितामा आयोजकलाई ३-२ गोलअन्तरले हराउँदै कोर्इरालाफाँट युवा क्लब दुराडाँडा, लमजुङले उपाधि जितेको छ ।
विजयी टिमलाई पुरस्कारस्वरुप नगद १ लाख रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लब अध्यक्ष नवीन श्रेष्ठले बताए। उपविजेतालाई ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
सर्वाधिक गोल गर्ने मानेचौका युवा क्लब रुपाकोट तनहूँका सविन विडारी तथा उत्कष्ट खेलाडीमा आयोजक टिमका सन्तोष तामाङ पुरस्कृत भएका छन्। उनीहरूलाई जनही ५/५ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा २९ टिम सहभागी थिए। गत वर्ष पहिलो रनिङ शिल्डको उपाधि सुन्दरबजार युवा क्बलले जितेको थियो।
Related News
सम्बन्धित समाचार
हेमजा गोल्डकप विजेतालाई ६ लाख
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
पाठकलाई प्रदेश खेलकुद परिषद् गण्डकीको नि.सदस्यसचिव जिम्मेवारी
राइनास–५ लाई भलिबल उपाधि
हेमजा गोल्डकपको तयारी
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०