फुटबल मैदानलाई जग्गा खोज्न मुख्यमन्त्रीको निर्देशन

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७५
45474916_2097211230362091_5343478270195138560_n

लमजुङ, २४ कात्तिक। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुन्दरबजार नगरपालिका क्षेत्रमा  फुटबल मैदान बनाउने जग्गा खोज्न नगरपालिकाका मेयरसहित पदाधिकारीलाई निर्देशन दिएका छन्। दीपावली अवसरमा सुन्दरबजार नगरपालिका-७ स्थित खत्रीठाँटीमा जनशक्ति युवा क्लबद्वारा आयोजना गरिएको दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिताको समापनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘मानव जीवनमा खेलकुदको अधिक महत्व रहेको, खेलकुदले राष्ट्रिय गौरव समेत बढाउने कार्य गर्ने हुँदा प्रत्येक पालिकामा इलाभने ए साइजको फुटबल ग्राउण्ड हुन आवश्यक छ,’ त्यसका लागि आवश्यक जग्गा उपलब्ध भएमा खेलमैदान निर्माणका लागि प्रदेश सरकारले सहयोग समेत गर्नेछ ।’

मुख्यमन्त्री गुरुङले मध्यपहाडी लोकमार्गलाई भाग्यको अवसरको रुपमा लिन स्थानीयवासीलाई आग्रह गरे।

त्यसैगरी, पर्याप्त स्रोतसाधन अभावले सरकारले चाहेजस्तो उपलब्धि हासिल गर्न नसकेको मुख्यमन्त्री गुरुङले गुनासो गरे। उनले स्रोतसाधनकै कमीले गर्दा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय नहुँदा सरकार अलमलमा परेको उल्लेख गरे।

निवर्तमान सांसद जमिन्द्रमान घलेले युवाहरूलाई राष्ट्रप्रेम, अनुशासन, आपसी भाइचारा र सद्भावको विकास गर्न खेलकुदको विशेष भूमिका हुने बताउँदै विजेतालाई बधाई दिए।

प्रतियोगितामा आयोजकलाई ३-२ गोलअन्तरले हराउँदै कोर्इरालाफाँट युवा क्लब दुराडाँडा, लमजुङले उपाधि जितेको छ ।

विजयी टिमलाई पुरस्कारस्वरुप नगद १ लाख रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लब अध्यक्ष नवीन श्रेष्ठले बताए। उपविजेतालाई ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र  प्रदान गरिएको छ।

सर्वाधिक गोल गर्ने मानेचौका युवा क्लब रुपाकोट तनहूँका सविन विडारी तथा उत्कष्ट खेलाडीमा आयोजक टिमका सन्तोष तामाङ पुरस्कृत भएका छन्। उनीहरूलाई जनही ५/५ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा २९ टिम सहभागी थिए। गत वर्ष पहिलो रनिङ शिल्डको उपाधि सुन्दरबजार युवा क्बलले जितेको थियो।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width