पोखरा, २४ कात्तिक।स्वतन्त्र पत्रकार संघ नेपालले संघको अर्घखाँची शाखा अध्यक्ष अम्बिका बेल्वासे श्रेष्ठका पति चन्द्रमान श्रेष्ठ र देवर राजकुमार श्रेष्ठको स्मृतिमा चन्द्र-राज स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको छ।
संघद्वारा श्रेष्ठद्वयको वाषिर्क पुण्यतिथिमा बुधवार बुटवल-४, बेल्वास चोकमा आयोजित श्रद्धाञ्जली सभामा उक्त घोषणा गरिएको हो।
सभामा श्रद्धाञ्जली मन्तव्य राख्दै संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दिवंगत हुनुभएका व्यक्तिको इच्छा आकांक्षालाई मूतरुप दिनु नै सच्चा श्रद्धाञ्जली हुने हुँदा श्रेष्ठ दाजुभाइको स्वच्छ नेपाल अभियानलाई कलमका माध्यमबाट सघाउ पुर्याउने पत्रकारलाई पुरस्कृत गरिने स्वतन्त्रको अठोट रहेको बताए।
साथै उनले स्वतन्त्र पत्रकार संघ सबैको साझा संघ भएको उल्लेख गर्दै संघद्वारा स्थापित अक्षयकोषमा सहयोगका लागि सबैसँग आग्रह गरे।
महासचिव नवराज पहाडीले अक्षयकोषका लागि संघको राष्ट्रिय समिति र जिल्ला शाखाबाटसमेत गरी हालसम्म ६० हजार चार सय दुर्इ रुपैयाँ संकलन भइसकेको जानकारी दिए।
श्रेष्ठ परिवारका जेठा छोरा गोविन्दप्रसाद श्रेष्ठले शोकविह्वल परिवारबाट दुर्इ भाइको स्मृतिमा के गर्ने भन्ने सोच नभएको अवस्थामा स्वतन्त्र पत्रकार संघले पुरस्कार अक्षयकोषको योजना अगाडि ल्याएकोमा आफूलाई गर्व लागेको उल्लेख गर्दै कोषमा परिवारबाट पनि सहयोग रहने बताए।
‘द्वन्द्वकालको बेलामा पनि भाइ चन्द्र राति अबेरसम्म पत्रिकाको सेटिङ गरेर बस्थे’ भाइहरुको स्मरण गर्दै श्रेष्ठले भने- ‘स्वच्छ नेपाल अभियानमा पनि उनीहरुको उत्तिकै लगाव थियो।’
स्वतन्त्र पत्रकार संघ कास्कीका सचिव असफल गौतमले धेरै व्यक्तिको निधन भएपनि कमै व्यक्तिको स्मरणमा मात्र स्तूत्य कार्य हुने बताउँदै भने-‘हिजोको वेदना अब श्रेष्ठ परिवारमा मात्र सीमित नरहेर सबैमा बाँडिएकाले त्यो समवेदना भएको छ।’
संघका अर्घखाँची शाखाका राष्ट्रिय पार्षद् डिल्लीराज घिमिरेले दिवंगत श्रेष्ठद्वय सन्धीखर्कका समाजसेवी एवम् शालिन व्यक्तित्व भएको स्मरण गर्दै स्मृति कोषमा उल्लेख्य सहयोग जुट्न सक्ने र प्रभावकारी रुपमा सामाजिक कार्य गर्न सकिने बताए।
सञ्चारिका समूह प्रदेश ५ की सचिव माया केसीले स्वतन्त्र पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरिनु सार्थक प्रयास भएको बताइन्।
कार्यक्रम सञ्चालन संघ रुपन्देही शाखाका अध्यक्ष बाबुराम गैरेले गरेका थिए।
श्रद्धाञ्जली सभामा संघको राष्ट्रिय समिति पोखरा, जिल्ला शाखाहरु कास्की, रुपन्देही र अर्घखाँचीका पदाधिकारी, नेपाल प्रेस युनियन रुपन्देही, सञ्चारिका समूहका पदाधिकारी एवम् स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
श्रेष्ठद्वयको २०७४ कात्तिक २ गते नारायणी नदीमा बगेर मृत्यु भएको थियो।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९