पोखरा २० कात्तिक। पोखरा पल्टन नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ।
चितवन राइनोजलाई फाइनलमा ३ विकेटले पराजित गर्दै पोखराले घरेलु खेलुकदको सर्वाधिक राशिको पीपीएल उपाधि सहित २७ लाख रुपैयाँ पुरस्कार हात पार्न सफल भयो। उपविजेता चितवनले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
पोखरा रंगशालाको क्रिकेट मैदानमा मंगलबार भएको रोमाञ्चक फाइनलमा पोखराका लागि भारतीय ब्याट्सम्यान रविइन्दर सिंहले उच्च प्रदर्शन गर्दा पोखराले पीपीएलको पहिलो संस्करणमा आफ्नो नाम लेखाउन सफल भएको हो। ५८ बलको सामना गर्दै म्यान अफ दी म्याच समेत उनले १३ चौका र ३ छक्का सहित ९० रनको इनिङ खेले।
चितवनले दिएको १६१ रनको लक्ष्य पछ्याउएको पोखराले अन्तिम ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १६० रन जोडेको थियो।
प्रतियोगितामा विधागत रुपमा वेष्ट बलर उपाधि चितवनका करण केसी घोषित भए। खेल अवधिभर १२ विकेट लिएका थिए। वेष्ट ब्याट्सम्यान काठमाडौंका गौरव तोमर बने। उनले ६ खेलमा २ सय १२ रन जोडेका थिए। तीमध्ये ३ अर्धशतक थियो।
वेष्ट प्लेयर चितवनका सन्नी पटेल बने। ६ खेलमा १० विकेट लिएका उनले ब्याटिङतर्फ १ सय ९४ जोडेका थिए।
विधागतरुपमा उपाधि पाएका तिनै जनालाई एक-एक थान भीजी अटोमोवाइलको सुजुकी जिक्सर मोटरसाइकल दिइयो। प्रतियोगिगितामा मष्ट भ्यालुयवल प्लेयर पोखरा पल्टनबाट ललितनारायण राजवंशी बने। उनले उपाधिसहित १ लाख १ हजार पाए। इमरजिङ प्लेयर उपाधि पाएका पोखरा रसिद खाँणले ५० हजार पाए। फाइनल खेलमा जितका लागि पोखराका लागि मोहम्मद नविदले २५ रन र टिम क्याप्टेन शरद भेषवाकरले २२ रनको योगदान दिए। मोहम्मदले १४ बलमा १ चौका र ३ छक्का हान्दा शरदले २३ बलमा २ चौका प्रहार गरेका थिए। पहिलो ओभरको दोस्रो बलमै कुशल भूर्तेल आउट भएपछि रवि र आसिफले दोस्रो विकेटको लागि ५७ रनको साझेदारी गरे। दोस्रो विकेटको रुपमा आसिफ शेख १२ रनमा आउट हुँदा टिमले ६५ रन जोडिसकेको थियो। मोहम्मद नविद २५ रनमा आउट भए। उनले १४ बलमा १ चौका र ३ छक्का प्रहार गरे। चितवनका भुवन कार्कीले २ तथा, पारस खड्का, सन्नी पटेल र करण केसीले १-१ विकेट लिए।
चितवन इनिङमा कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय पारी खेले। उनले ३७ बलमा पारसले ९ चौका प्रहार गरे। चितवनले पहिलो विकेटको रुपमा हरिशंकर साहलाई ८ रनमा गुमायो। त्यसपछि क्रिजमा रहेका पारस र अनिलले दोस्रो विकेटको लागि रनको साझेदारी गर्दै इनिङ उकासे। ओपनर अनिलकुमार साह ३७ रनमा आउट भए । उनी र सन्नी पटेलले तेस्रो विकेटको लागि ५० रनको साझेदारी खेले। सन्नीले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रनको योगदान दिए। आरिफ शेख १४ नटआउट रहे। करण केसीले रन नजोड्दै पेभेलियन पर्किए।
पोखराका कृष्ण कार्कीले २ तथा मोहम्मद नाभिद र ललितनारायण राजवंशीले १-१ विकेट लिन सफल भए। विजयीलाई पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस नेता गगन थापा, नेकपा नेता खगराज अधिकारी, हितराज पाण्डे उत्तम, प्रदेश सांसद दीपक कोइराला, विन्दुकुमार थापा, राजीव पहारी, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष नीरञ्जन राजवंशी, आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा लगायतले पुरस्कार वितरण गरे।
गत कात्तिक ९ देखि सुरु प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले सहभागिता जनाएका थिए।
लिग चरण खेलमा शीर्षस्थानमा रहँदै पोखरा सिधैँ फाइनल पुग्दा चितवनले इलिमिनेटर राउण्डमा हुलास काठमाडौं रोयल्सको सामना गरेको थियो। सुरुवातमा २ खेल गुमाएर पनि पछिल्ला खेलमा उत्कृष्ट पुनरागमन गर्दै चितवनले प्ले अफमा काठमाडौंको चुनौती ६ विकेटले पन्छाउँदै फाइनल पुगे पनि उपविजेतामा सीमित बन्यो। लिग चरणमा भने चितवन आफ्नो दोस्रो खेलमा पोखरा पल्टनसँग पराजित गरेको थियो। निर्धारित ५ मध्ये ३ मा जित हासिल गर्दै पोखरा, चितवन, काठमाडौं र धनगढीले सर्वाधिक ६ अंक जोडेका थिए। रनरेट आधारमा पोखरा सिधैँ फाइनल पुग्दा धनगढी पाखा लागेको थियो। बुटवल ब्लाष्टर र विराटनगरले क्रमशः ४ र २ अंकमात्र जोडे।
सुरुवातीदेखि नै विजयी यात्रा जारी राखेको पोखराले उद्घाटनमा विराटनगर टाइटन्सलाई ५८ रन, चितवनलाई ५ विकेट र काठमाडौंलाई ४ विकेटमा पराजित गरी घरेलु दर्शकको मन जितेको थियो। लिग चरणमा ऊ बुटवल र धनगढीसँग भने पराजित भएको थियो। यसैबीच, पुरस्कार वितरण गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष दाहालले पोखरामा फुटबलसहित पीपीएलपछि क्रिकेट क्रेज बढेको बताए। उनले आफ्नो जन्मथलो कास्की र स्थायी बसोबास चितवन भएकोले फाइनल तटस्थ भएर अवलोकन गरेको उल्लेख गरे।
Related News
सम्बन्धित समाचार
भारतका पूर्वक्रिकेटर सलिमको निधन
प्रखेप सदस्यसचिव नियुक्ति प्रकरणमा अदालत भन्छ : योग्य उम्मेदवारको मात्र परीक्षा लिनू
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
पोखरामा वडास्तरमा खेलकुद
प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९