गुण्डागर्दी निस्तेज पार्न आइजीपी खनालको निर्देशन

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७५
Police IGP Sarbendra Khanal_Fotor

पोखरा, २० कात्तिक। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासको बाधक गुडागर्दी निस्तेज पार्न प्रहरी संयन्त्रलाई निर्देशन दिएका छन्। हाल सुषुप्त रुपमा रहेको गुण्डागर्दीले टाउको उठाउनासाथ तह लगाउन खनालको निर्देशन थियो।

‘जहाँ गुण्डागर्दीका तछाड र मछाडको स्थिति हुन्छ, त्यहाँ विकास निर्माणका कामहरुले गति लिन पाउँदैन,’ आइजीपी खनालले जोड दिए, ‘राम्रा मान्छेलाई राम्रो भनिँदिन कुनै नातागोता चाहिँदैन। बदमासलाई कसैले राम्रो मान्दैन। उसलाई करेक्सन गराउन पनि ठेगान लगाउनै पर्छ।’

आपराधिक कृयाकलापमा संलग्न वृद्धवृद्धारुलाई भन्दा पनि थप आपराधिक मनस्थिति बोकेका जमातप्रति सतर्क र अपरेशन चलाउन कास्की प्रहरीलाई आइजीपी खनालको निर्देशन थियो। ‘वृद्धवृद्धा भइसकेका अपराधीहरुलाई भन्दा जसले भावी दिनमा आपराधिक घटना घटाउन सक्छन्, त्यस्ता मनस्थिति बोकेका ब्यक्तिप्रति प्रहरी सचेत हुनुपर्छ,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा मंगलबार आयोजित समुदायमा प्रहरी साभेmदारीसम्बन्धी अन्तक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै आइजीपी खनालले प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन कास्कीको प्रहरी संयन्त्रलाई निर्देशन दिए। ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’ समाजको अवधारणाअनुसार ल्याएको आइजीपी खनालले उल्लेख गरे।

‘जहाँ सुरक्षित वातावरण हुन्छ, त्यहाँ विकास असव्यंभावी छ,’ आइजीपी खनालले प्रष्ट पारे, ‘सुरक्षित वातावरणसँगै विकासका बाटो खुला हुन्छ। विकास र सुरक्षाको अवधारणालाई सँगसँगै लैजानका लागि पनि समुदाय-प्रहरी साझेदारी कार्यक्रम ल्याइएको हो।’

समुदाय-प्रहरी साझेदारी कार्यक्रम नागरिक केन्द्रीत कार्यक्रम रहेको उनको जिकिर थियो। आफू र सम्पूर्ण प्रहरी संयन्त्रसमेत नागरिक केन्द्रित रहेको उनले दोहोर्‍याए। आइजीपी खनालले प्रहरी संगठनभित्र राम्रा काम गर्नेलाई पुरष्कृत र बदमासी गर्नेलाई दण्ड, कारबाही गर्ने प्रतिबद्धता जनाए।

‘निष्ठा र इमान्दारीका साथ शान्तिसुरक्षा कायम गर्न दत्तचित भएर प्रहरी र समुदायले काम गर्नुपर्छ,’ उनले भने, ‘मैले दृढ विश्वास लिएको छु। कसैका लाभहानीमा प्रहरी लाग्ने होइन। समुदाय र नागरिकबीचमा प्रहरी पुग्नुपर्छ। समुदाय र नागरिकले प्रहरीलाई हाम्रै हो भन्ने छाप स्वयं प्रहरीले बसाल्न सक्यो भने मुलुकलाई समृद्ध बनाउन लामो समय कुर्नुपर्दैन।’

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले प्रहरीले शान्तिसुरक्षा कायम गर्दै घटनाको न्यूनीकरणमा जोड दिनुपर्ने बताए।

गण्डकी प्रदेश र कास्कीको प्रहरी परिचालन प्रभावकारी रहेको उल्लेख गर्दै सांसद पहारीले आपराधिक घटनामा संलग्न अभियुक्तलाई यहाँको प्रहरीले पक्रन सफल भएको बताए।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जनप्रतिनिधि र प्रहरीको सहकार्यमा शान्तिसुरक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए। ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’ सफल र प्रभावकारी बनाउन स्थानीय तह बढी जिम्मेवार बन्नुपर्ने प्रजिअ बुढाको जोड थियो।

‘कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन कास्की जिल्लाको समुदायबाट ठूलो सहयोग मिलेको छ,’ प्रजिअ बुढाले भने, ‘समुदायको सहयोग र साथले हामीलाई उत्साहित बनाएको छ। समाजमा कुनैपनि घटना तथा दुर्घटना हुन नदिने र शान्तिसुरक्षाको अवस्थालाई ढुक्कको अवस्था सिर्जना गर्नेगरी काम गर्न सक्छौं भन्ने हामीलाई आत्मविश्वास जगाएको छ।’

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरा पर्यटकीय शहर भएका कारण पनि यहाँको प्रहरी शक्ति प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए। प्रहरी संगठनलाई जनशक्ति र स्रोतसाधनले भन्दा पनि मनोबलको आवश्यक रहेको श्रेष्ठले औंल्याए।

उनले मुलुक र जनताको सुरक्षाका लागि प्रहरीले अगाडि सारेको प्रत्येक गतिविधिमा मिडिया क्षेत्रले सहयोग गर्दै आएको जनाए। उनले भने, ‘मिडिया राम्रा काम र शान्तिसुरक्षा अमनचयनका लागि तपाईहरुसँगै हिजो पनि साथमै थियो, आज पनि साथमै छ र भोलि पनि रहनेछ।’

कास्की जिल्ला सामुदायिक सेवा केन्द्र समन्वय समितिका पूर्व अध्यक्ष विष्णुबहादुर भट्टराईले शान्तिसुरक्षा अमनचयनका लागि समय समयमा हुने सरकारी हस्तक्षेपको अन्त्य हुनुपर्नेमा जोड दिए।

कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामागरले स्वागत गर्दै कास्की जिल्ला पर्यटकीय जिल्ला भएका कारण यहाँ शान्तिसुरक्षा अमन चयनका लागि चुनौती रहेको औंल्याए। कास्की जिल्लामा हाल प्रहरी संख्या ९ सय १७ रहेको प्रहरी उपरीक्षक रानामगरले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले कार्यक्रम संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width