बुटवल, १७ कात्तिक।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल वर्तमान सरकारका कारण ‘ल्याडलक’ बाट ‘ल्याण्डलिंक्ड’ मुलुकका रुपमा रुपान्तरण भएको दाबी गरेका छन्।
उनले बलियो सरकारका कारण इण्डियालक मुलुक अब मल्टिलिंकका रुपमा अघि बढेको पनि बताए।
नेकपाले शनिबार बुटवलमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाल अब भूपरिवेष्ठिक मुलुक नरहेको पनि दाबी गरे। उनले जमिनबाट, अकाशवाट तथा पानी र रेलबाट पनि विश्वसँंग जोडिएको दाबी गरे। नेपाल अब ‘ल्यान्डलक कन्ट्री’ नरहेको तर्क गर्दै उनले चीनसँगको पारवाहन सम्झौंतापछि नेपाल ‘ल्याण्डलिंक्ड कन्ट्री’ बन्ने दाबी गरे।
उनले अब सरकारको कामलाई तीव्रता दिनुको विकल्प नभएको समेत बताए। सरकार गठनपछिको केही समय अप्ठ्यारो रहेको भन्दै अब सजिलो परिस्थिति आएकाले सरकार ‘फूल डोज’ मा काम गर्ने दाबी गरे।
‘त्यतिबेला वर्षाको बेला थियो, पिच गर्न नि नपाइने। अरु काम गर्न पनि अप्ठ्यारो, त्यसैले सरकारको गाडी एक नम्बर गियरमा राखेर चलाउनुपर्यो,’ उनले भने, ‘अब मौसम फेरिएको छ। अब गाडी २-३ नम्बर गियर हिड्छ।’
उनले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानून बनाउन धेरै ध्यान दिनुपरेकाले कामको गति थोरै सुस्त भएको तर्क गरे।
नेकपा अध्यक्ष दाहालले पार्टीएकीकरणको प्रक्रिया टुंगायाउन केही ढिलाई भएको स्वीकार्दै विवादका कारण ढिलाइ भयो भनेर दुष्प्रचार भइरहेको बताए।
दाहालले अबको युग विकासको युग भएको समेत बताए। सरकारले काम गर्न सकेन भनेर र विभिन्न विवाद देखाएर प्रतिक्रियावादीहरुले तिललाई पहाड बनाएको आरोप लगाए। विगतमा जनयुद्धकालमा केही कमजोरी भए पनि त्यसलाई सच्चाएर अघि बढ्दा केही समय लागेको बताउँदै उनले भने, “सकेसम्म गल्ती नगर्ने भइहाले सच्याएर अघि बढ्ने क्षमता कम्युनिष्टमा मात्रै हुन्छ।” राजनीतिक नेतृत्व सङ्घीयता कार्यान्वयनमा लागे पनि कर्मचारीतन्त्रले अझै नबुझेका कारण समस्या भएको बताए।
नेकपाका महासचिव विष्णु पौडेलले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ ढङ्गको पाठशाला बनेको बताए। कम्युनिष्ट आन्दोलनलाई नबुझी विश्वको राजनीति बुझ्न नसकिने भन्दै उनले दुर्इ पार्टीबीचको एकता उदाहरणीय भएको बताए।
महासचिव पौडेलले भने, “दुर्इ पार्टीकहिल्यै मिल्न सक्दैनन् भन्ने भ्रम धेरैमा थियो एमाले र माओवादीलाई नदीका दुर्इ किनारा भनियो, आज नदीका दुर्इ किनारा नभई एउटै नदी भएका छौँ।”
महासचिव पौडेलले नेकपा नेतृत्वको सरकार समृद्ध नेपालको अभिभारा पूरा गर्नतर्फ अग्रसर रहेको बताए।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार समृद्धि र विकासको एजेण्डालाई विश्वासमा बदल्ने प्रयासमा रहेको बताए।
एउटा व्यवस्था परिवर्तनको प्रक्रियाबाट अगाडि बढ्दै गर्दा केही अन्योलता देखिए पनि जनताको चाहना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुख्यमन्त्री पोखरेलले प्रदेश ५ लाई नमूना प्रदेशका रुपमा विकास गर्ने बताए।
सभामा पार्टीस्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, सङ्घीय सरकारका कृषिमन्त्री चक्रपाणि खनाल, प्रदेश अध्यक्ष ओनसरी घत्री, जिल्ला नेता शिवलाल सुवेदी, अनुप बराल, निर्मल जिसी लगायतका नेताले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न सरकार लागिपरेको बताए।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०