ताङतिङ (कास्की), १७ कात्तिक। कास्कीको ताङतिङमा शुक्रबार शुरु भएको गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको अधिवेशन स्थगित भएको छ। नेतृत्वमा नेकपा र काँग्रेसले अडान नछोडेपछि अधिवेशन नै स्थगित गरिएको हो।
ठूलो पार्टीले अध्यक्ष र उपाध्यक्ष लिने विधानमा व्यवस्था भएको भन्दै काँग्रेसले प्रदेशभित्र आफू ठूलो पार्टीभएकोले नेतृत्व दाबी गरिरहेको छ। नेकपाले पनि पार्टीएकीकरणपछि आफ्नो पार्टीपहिलो भएको भन्दै नेतृत्वमा दाबी गरेको हो।
दुवै पार्टीको आ-आफ्नै अडानले नेतृत्व चयन हुन नसकेको सहभागीहरुले बताएका छन्। गण्डकी प्रदेशका ५८ गाउँपालिकामध्ये २९ गाउँपालिकाको अध्यक्षमा काँग्रेसले जितेको थियो। तर उपाध्यक्षमा कम सिट भएका कारण नेकपाभन्दा काँग्रेस सानो छ। अध्यक्ष र उपाध्यक्षहरुमध्ये काँग्रेसको ५४, साविक एमालेको ४६, माओवादीको ११, जनमोर्चा ३ र स्वतन्त्र २ गरी १ सय १६ जना छन्।
दुर्इ पार्टीएकीकरणपछि नेकपाको अध्यक्ष र उपाध्यक्ष ५७ जना हुन्छन्। यसबाहेक अध्यक्ष र उपाध्यक्षले ल्याएका एकजना प्रतिनिधिले पनि मतदानमा भाग लिन पाउँछन्। अधिवेशनमा १ सय ७४ जना मतदाता हुनेछन्। ‘गण्डकीमा काँग्रेसलाई अध्यक्ष र उपाध्यक्ष सहित ७ सिट दिने केन्द्रिय सहमति हो। हामीले त्यही माग्दा किचलो गर्नुभयो,’ तदर्थ समितिका अध्यक्ष तथा भीमसेन गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले भने, ‘वहाँहरुले सम्झौता नै तोडेपछि हामी सहमतिमा नआएका हौं। अब बार्ताबाट समस्या सुल्झिन्छ।’
नेकपाले पनि दुर्इ पार्टीएकीकरणपछि काँग्रेसलाई नेतृत्व दिन नसक्ने बताएको छ। ‘काँग्रेसलाई अध्यक्ष र उपाध्यक्ष बनाउने सहमति पहिलेको हो। पार्टीएकीकरण भएपछि नेकपाको बहुमत छ,’ हालका सहसंयोजक तथा महाशिला गाउँपालिका अध्यक्ष राजु पौडेलले भने, ‘बहुमत हाम्रो भएपछि नेतृत्व छोड्ने कुरा हुँदैन। विधान संशोधन गर्नुपर्छ।’
२०७४ असार १० गतेको पोखरा भेलाले गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेश गठन गरेको हो। त्यतिबेला संयोजकमा काँग्रेस र सहसंयोजकमा एमालेलाई चयन गरिएको थियो।
१५ सदस्यीय कार्यसमितिमा ७ सदस्य काँग्रेसको, ६ सदस्य एमालेको र २ सदस्य माओवादी केन्द्रका थिए। दुर्इ तिहाईको बलमा जबरजस्ती गर्न खोजे अर्कै महासंघ गठन गर्ने काँग्रेसतर्फका गाउँपालिका अध्यक्षले बताए। ‘सबैतिर दुर्इतिहाई देखाएर सहमति तोड्न पाइँदैन। सहमति तोड्ने हो भने हामी अर्कै महासंघ गठन गछौर्ं,’ ती नेताले भने, ‘साथीहरुलाई सहमतिमा आउनुस् भन्ने हो। मान्नुभएन भने हामी हाम्रै बाटोमा लाग्छौं।’
नेकपातर्फका गाउँपालिका अध्यक्षले चाहीँ सरकारमा आफूहरु भएकोले सरकारसँग लविङ गर्न सजिलो हुने बताए। ‘हामीलाई नेतृत्वको लोभ होइन। अहिले सरकारमा हाम्रो पार्टी छ। त्यसैले समस्या पर्दा लविङ गर्न सजिलो होला भनेको हो,’ ती नेताले भने, ‘तर साथीहरुले कुरा बुझ्नुभएन। सहमति हुन्छ। सहमतिमै नेतृत्व चयन गर्ने हो।’
नेतृत्वमा किचकिच भएपछि यसअघिको कार्यसूचीमा रहेको ताङतिङ घोषणापत्र पनि जारी भएन। कास्कीको मादी गाउँपालिकाको व्यवस्थापनमा ताङतिङमा कार्यक्रम गरिएको हो।
Related News
सम्बन्धित समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मनाङमा भारी हिमपात, जनजीवन कष्टकर
सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम
पर्यटन मन्त्रालयको चौमासिक समीक्षा
पुस ५ देखि भदौरे पञ्चासे महोत्सव
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०