गौरीशंकर खेल मैदान स्तरोन्नतिबारे अन्तर्क्रिया

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७५

हेमजा, १७ कात्तिक। पोखरा-२५, हेमजास्थित गौरीशंकर खेल मैदान स्तरोन्नति गर्ने विषयमा शनिवार अन्तक्रिर्या भएको छ। मैदान स्तरउन्नति लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत प्रथम चरणमा ५० लाख रुपैयाँ अनुदान परेको छ।

मैदान स्तरोन्नति समितिको आयोजनामा भएको उक्त कार्यक्रममा वडाध्यक्ष शोभाकर तिम्सिना लगायत अन्य सरोकारवालाको सहभागिता थियो। सहभागीले न्यूनतम मापदण्ड पूरा गरी खेलमैदानको स्तउन्नति गर्न सुझाव दिए।

वडाअध्यक्ष तिम्सिनाले वडाको क्षेत्राधिकार भित्र रही मैदान स्तरउन्नतिमा आफूले सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे। सो अवसरमा तत्कालीन हेमजा गाविसका अध्यक्ष रामचन्द्र त्रिपाठी, हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठी लगायतले सुझाव दिएका थिए। पहिलो चरणमा प्याराफिट निर्माण, मैदानको लेभलिङ, तारबार एवं पर्खाल निर्माण गरिने समितिले जनाएको छ।

स्तरोन्नति लागि ५ करोड ३८ लाख ९१ हजार सात सय १२ रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन पनि समितिले तयार पारेको छ।

गत कात्तिक १० मा स्थानीय हेमजा युनाईटेडको पहलमा उक्त मैदान स्तरउन्नतिका लागि कृष्णबहादुर कुँवरको अध्यक्षतामा समिति गठन गरिएको थियो ।

समिति उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, सचिवमा विष्णुहरि पौडेल, कोषाध्यक्षमा इन्द्र कुँवर तथा सदस्यमा कृष्णमान श्रेष्ठ, अम्बरबहादुर कुँवर, दलबहादुर कुँवर, झलेन्द्रबहादुर कुँवर, लेखबहादुर कुँवर, रीता कार्की कुँवर र विष्णु बास्तोला छन्।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width