वातावरण संरक्षणमा युवा पत्रकार सञ्जाल

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७५
BP1A6956_Fotor

पोखरा, १७ कात्तिक। पोखरामा क्रियाशील युवा पत्रकाहरुले फोहर व्यवस्थापनका लागि नौलो सामाजिक अभियानको थालनी गरेका छन्। पोखरा प्रवेशको मुख्यद्वार चाइनापुलदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय वरपर क्षेत्रमा दर्जन बढी डस्टबिन राखेर उनीहरुले उक्त अभियानको थालनी गरेका हुन्।

अभियानको थालनी गर्दै वडाध्यक्ष रामराज लामिछानेले सार्थक सामाजिक परिवर्तनको बिजारोपण भएको बताए।

वडा सदस्य राममाया मानन्धरले फोहर उपयुक्त व्यवस्थापन गरी मानवीय सभ्यताको प्रदर्शन गर्न वडावासीहरुलाई आग्रह गरिन्।

पोखरा महानगरपालिका कार्यालय सरसफाई शाखाकी प्रमुख कल्पना बरालले कठिन चुनौती बाबजुद सञ्जालले गरेको उक्त कार्यले वातावरण संरक्षणप्रति नागरिकको दायित्वलाई उजागर गरेको बताइन्। युवा पत्रकारहरुको अभियानले वातावरण संरक्षणप्रति सरोकारवाला निकायको विलम्बलाई चुनौती दिएको समेत उल्लेख गरिन्।

वडासचिव लोकदर्शन कोइरालाले संरक्षण र व्यवस्थापनका लागि निरन्तर खबरदारीमा जोड दिए। टोल विकास संस्था वडा समन्वय समिति वडा ९ का अध्यक्ष उत्तम जोशीले युवाहरुले थालेको अभियान सार्थक बन्ने विश्वास व्यक्त गरे।

सञ्जालका सल्लाहकार उमेश पुनले वातावरणीय स्वच्छता संरक्षणको अभियानमा हातेमालो गर्न सम्बन्धित सवैलाई आहृवान गरे। पत्रकारहरुमाथि हुने यातनाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा थालिएको उक्त अभियानका सन्दर्भमा सञ्जालले वातावरणमाथिको मानवीय यातना कुनैपनि हालतमा स्वीकार्य नहुने बताएको छ।

पहिलो चरणमा सञ्जालले पृथ्वीचोक आसपासमा १२ थान र चिप्लेढुंगादेखि महेन्द्रपुलसम्म ३ थान गरी १५ थान डस्टबीनहरु राखेको छ।

सञ्जालका अध्यक्ष भीम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष सुशान्त गाहामगरले स्वागत र महासचिव सुरेशराज अधिकारीले संचालन गरेका थिए।

डेंगुबिरुद्ध सचेतना र्‍याली

क्रियाशील विभिन्न सरोकारवाला निकायको समन्वयमा सञ्जालले पोखरामा आइतबार डेंगुविरुद्धको सचेतना र्‍याली गर्ने भएको छ। एडिज एजिप्र्टाई जातको लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण पोखराका विभिन्न स्थानहरुमा फैलिरहेका बेला नागरिकमा सचेतना अभिवृद्धिका लागि र्‍यालीको आयोजना गरिएको अध्यक्ष भीम थापाले बताए। पोखरामा हालसम्म एक सयभन्दा धेरैलाई डेंगुको सक्रमण भेटिएकाले सचेत रहनसमेत सञ्जालले आह्वान गरेको छ। चिप्लेढुगाबाट बिहान ७ बजे शुरु हुने उक्त र्‍याली न्यूरोड, सभागृह, पृथ्वीचोक हुदै सामुदायिक अस्पतालसम्म पुग्ने सञ्जालका महासचिव सुरेशराज अधिकारीले बताए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width