भरतपोखरी विकास मञ्चमा बराल

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७५
bhatat_Fotor

पोखरा, १७ कात्तिक। भरतपोखरी विकास मञ्चको शनिवार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले डिल्लीराम बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

कार्यसमिति उपाध्यक्षमा दुर्गा केसी, महासचिवमा गणेशप्रसाद ढकाल, सचिवमा सुन्दर अधिकारी र कोषाध्यक्षमा गोविन्दप्रसाद गौतम छन्।

सदस्यमा विजया भण्डारी, दिनेश आचार्य, कल्पना नेपाली, बाबुराम अर्याल, चेतबहादुर महत, रनबहादुर गुरूङ र ऋषिमाया लामिछाने छन्। रिक्त १ सदस्य समितिले पछि मनोनीत गर्नेछ।

यसअघि प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले सामाजिक विकास क्षेत्रमा मञ्च वडासँग समन्वय गर्दै अगाडि बढ्न सुझाव दिइन्। कार्यक्रममा पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले विकास मञ्चले सामाजिक विकासको जागरणलाई अगाडि बर्ढाई समृद्ध वडा विकासमा लाग्नुपर्नेमा जोड दिए।

सो अवसरमा विभिन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम समेत गरियो।

कार्यक्रममा विकास अध्ययनमा विधावारिधि गर्ने डा अजय थापा, नेपाली साहित्यमा विद्यावारिधि गर्ने अशोक थापा, डा ढाकाराम भण्डारी, सरस्वती टीका बहुमुखी क्याम्पस स्नातक तह ब्यवस्थापन संकाय  सवोर्त्कृट अंक हासिल गर्ने मीना सुवेदी आचार्य, दश जोड दुर्इमा सवोत्कृष्ट अंक हासिल गर्ने सन्तोष काफ्ले एसर्इइतर्फ भरतपोखरी क्षेत्रका सामुदायिक विद्यालयमा सवोर्त्कृष्ट अंक हासिल गर्ने नम्रता काफ्लेलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा अध्यक्षको आसनबाट संस्थाका अध्यक्ष डिल्लीराम बरालले संस्थाको भावी योजनाबारे जानकारी  दिँदै भरतपोखरी क्षेत्रको विकास एवं सामाजिक जागरणका क्षेत्रमा मञ्चले गर्दै आएको भूमिकाबारे प्रकाश पारे। कार्यक्रममा स्वागत गोविन्दप्रसाद गौतम र संचालन महासचिव गणेशप्रसाद ढकालले गरेका थिए। सम्मानति व्यक्तितर्फबाट डा अजय थापा, सल्लाहकार इ. कृष्णप्रसाद अधिकारी, यज्ञप्रसाद अधिकारी र केशरप्रसाद निदोर्षीले विकास मञ्चले गरेका कार्यको प्रशंसा गरे।

Related News

सम्बन्धित समाचार

hero news full width