अपराधीहरू फुत्किने छैनन् : डिएसपी खाँण

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७५

लेखनाथ, १५ कात्तिक। डाँडाकोनाक प्रहरी चौकीमा सरुवा भइ भई आएका प्रहरी नायव उपनिरीक्षक (डिएसपी) मोहनबहादुर खाँणले शान्तिसुरक्षामा खलल पुर्‍याउने आपराधिक मनोवल भएको जो कोही व्यक्ति आफ्नो नजरबाट फुत्कन नपाउने चेतावनी दिएका हुन् ।

लेखनाथ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले उनको स्वागत सम्मानमा विहीवार आयोजना गरेको कार्यक्रममा डिएसपी खाँणले अपराधी कोही कसैको नातागोता वा नेताको आदेशमा नभइ कानूनको दायरामा राखेर कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए।

पोखरामा यसअघि काम गरिसकेकाले पुनः यहाँ आउँदा आफूलाई थप जिम्मेवारी बनाएकोले यसलाई आफूले अवसर र चुनौतीको रुपमा लिएको उल्लेख गर्दै उनले स्थानीयवासीको सहकार्य र समन्वयमा शान्तिसुरक्षामा कुनै पनि कमी आउन नदिने बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले समाजमा अशान्ति फैलाउने, जुवातास खेल्नेदेखि लागुऔषधका घटना आफू आएपछि केही नियन्त्रण भएको दाबी गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले जाने बताए ।

लेखनाथ सामुदायिक केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की अध्यक्ष सोमनाथ बास्तोला, वडा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा ३० का वडाध्यक्ष श्रीराम पोखरेल, वडा ३२ का वडाध्यक्ष अक्लबहादुर कार्की लगायतले जनता र प्रहरी सहयोगमा आपराधिक क्रियाकलाप न्यूनिकरण गर्नुपर्नेमा जोड दिए ।

संस्थाका सचिव त्रिलोचन लामिछानेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान अध्यक्ष ज्ञानेन्द्र बजगाईँले गरेका थिए।

डिएसपी खाँण हालैमात्र नवलपरासी जिल्लाबाट सरुवा भइ आएका हुन् ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width