काठमाडौँ, १५ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी विहीवार स्वदेश फर्केकी छन्।
राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक १२ गते कतार गएकी थिइन्।
कतार भ्रमणको उपलब्धिबारे जानकारी दिन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमण दुर्इपक्षीय हितका लागि फलदायी र उपलब्धिमूलक भएको बताए। भ्रमणमा राष्ट्रपति भण्डारी र कतारका अमिरबीच उच्चस्तरीय भेटवार्ता भएको जानकारी गराउँदै उनले भने, “भेटमा नेपाली प्रतिनिधिमण्डलद्वारा कतारलाई नेपालको कृषि, पशुपालन, पूर्वाधार विकास, विमानस्थल निर्माण, स्वच्छ पानीको निर्यातलगायत क्षेत्रमा लगानी गर्न अनुरोध गरियो।”
कतारमा कार्यरत नेपाली कामदारको हकहित प्रवर्द्धन, सुरक्षासम्बन्धी विषयमा विस्तृत कुराकानी भएको जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा आफूले पनि कतारका श्रममन्त्रीसँग छुटै भेटवार्ता गरेको जानकारी दिए। भेटमा अशक्त कामदारको स्वदेश फिर्ती, उनीहरूलाई नेपालमै उपचारको व्यवस्था मिलाउन तथा नेपाली कामदारको सीप र दक्षता अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको बताउँदै उनले नेपालमा सीप विकास र तालीमको स्थापना, वैदेशिक रोजगार सूचना केन्द्रको स्थापना, नेपालको विकासमा कतारबाट सहयोग प्राप्त गर्नेलगायत विषयमा पनि कुराकानी भएको जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पुस्तक दिवसमा पुस्तक साटासाट
स्वदेश फर्किए कतारी अमिर
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
पोखराको चाउथेमा गएराति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१