‘पोखरा महानगरपालिकाकाले अनियमित कार्य गर्‍यो’

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७५

पोखरा, १५ कात्तिक। पोखरा महानगरपालिकामा काँग्रेसतर्फबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिका कार्यालयले अनियमित कार्य गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन्।

महानगरपालिकाले डिजिटल होर्डिङ बोर्ड राख्न टेण्डर प्रक्रिया अघि बढाउने निर्णयविपरीत काम गरेको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको उनीहरुले जनाएका हुन् ।

त्यस्तै, महानगरभित्रका विद्यालयहरुको लेखापरीक्षणका लागि गैरकानूनी तवरले लेखापरीक्षकको सूची दर्ता गरी नीति-नियमविपरीत कार्य भएको भन्दै ध्यानाकर्षण जनाएका छन् ।

काँग्रेसतर्फबाट निर्वाचित पोखरा वडा २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का वडातर्फबाट पोखरा महानगरपालिकाको दलका नेता तथा सचेतक रामराज लामिछानेद्वारा हस्ताक्षर गरी बिहीबार प्रकाशित गरिएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ।

विज्ञप्तिमा महानगरजस्तो स्थानीय सरकारले नागरिकहरुलाई सुशासन, पारदर्शीता दिनुको साटो आफ्नै कार्यपालिकाका सदस्यलाई थाहै नदिई बहुमतको दम्भमा एकलौटी ढंगबाट गरिएका कार्यहरुले नगरबासी लज्जित बन्नुपर्ने अवस्था सृजना भएको उल्लेख छ।

यस्तै, एकलौटी ढंगबाट भएका गैरकानूनी कार्य तत्काल बन्द गर्न समेत अनुरोध गरिएको छ।

पोखरा महानगरपालिकाद्वारा अनियमित रुपमा भएको कार्यबारेको समाचार यसअघि आदर्श समाज दैनिकले प्रकाशित गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width