पोखरा, १५ कात्तिक। पोखरा आएको भुपू सैनिक ५/५ गोरखा राइफल लुम्बिनी प्रदेश ५ रुपन्देही-पाल्पाको टोलीलाई ५/५ गोर्खा राइफल(अग्रिम सेना) भुपू सैनिक परिवार पोखराले स्वागत गरेको छ।
पोखरा भ्रमणमा आएको ३७ सदस्यीय भ्रमण टोलीलाई ५/५ गोर्खा राइफल भुपू सैनिक परिवार पोखराका अध्यक्ष क्या.वीरबहादुर गुरुङ लगायतले खादा लगाउँदै स्वागत सम्मान गरे।
५/५ गोर्खा राइफल भुपू सैनिक पोखरा परिवारका नि. उपाध्यक्ष क्या.रनसिंह गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा भ्रमण टोलीका सदस्य सु.नन्दबहादुर थापाले पल्टनको इतिहासको चर्चा गरे।
क्या.माइकल आलमण्ड र राइफलमेन तुलबहादुर पुनले भिसी प्राप्त गरेको उक्त पल्टन ५/५ गोर्खा राइफल भुपू सैनिक पोखरा परिवारका अध्यक्ष क्या.वीरबहादुर गुरुङको अध्यक्षता र सचिव सु.यमबहादुर गुरुङको संचालनमा सम्पन्न भयो।
कार्यक्रममा न्यु ग्यालेक्सी स्कूलका विद्यार्थी कलाकार, पोखराका भूपूहरु, भूपू महिलाहरुबाट विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो।
टोलीले विश्वशान्ति स्तुपा, डेभिजफल्स, फेवाताल लेकसाइड, विन्ध्यवासिनी मन्दिरको दर्शन गरेको छ।
भ्रमण टोलीमा सन् १९७१ मा भारत-पाक युवाका वीरयोद्धा क्या.हेमलाल गुरुङ, वीरचक्र विजेता क्या.बलबहादुर गुरुङ पनि सहभागिता छ।
Related News
सम्बन्धित समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
पुस्तक दिवसमा पुस्तक साटासाट
स्वदेश फर्किए कतारी अमिर
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
पोखराको चाउथेमा गएराति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१