Worldlink ads

मनाङको फू गाउँमा मोवाइल सेवा

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७५
Manag Fu

लमजुङ, १५ कात्तिक। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले मनाङको विकट फू गाउँमा मोवाइल सेवा उद्घाटन गरेका छन्। हिमालीपारीको जिल्ला मनाङको विकट फू गाउँमा जीएसएम मोवाइल सेवा शुरु गरिएको हो।

सो अवसरमा मन्त्री वास्कोटाले टेलिफोन तथा मोवाइल सेवा नपुग्दा अझै पनि विकटका नागरिक प्रविधिबाट वञ्चित हुनुपरेको बताए। उनले विकट गाउँमा मोवाइल सेवा पुर्‍याउन आवश्यक रहेको बताउँदै मुलुकभर मोवाइल सेवा नपुगेका गाउँमा चालु आर्थिक वर्षभित्र पुर्‍याउने नीति सरकारले लिएको बताए।

नार र फू गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाले यसअघि गाउँका लागि दुर्इ लाइनको भिस्याङ टेलिफोन भए पनि हिउँ परेको बेला र बिहान र बेलुका काम गदैन्थ्यो, त्यसैले विकट गाउँमा मोवाइल टावर सञ्चालनमा आएपछि स्थानीयमा खुसी छाएको बताए। अब मोवाइल सेवाले गाउँलेहरूले सूचना र प्रविधिको प्रयोग गर्न पाउँनेछन् उनले भने।

समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा भिस्याङ लिङ्कबाट जडान गरिएको मोवाइलको टावरले नजिकै देखिने नामजुङ पिक र हिमलुङ हिमाल बेस क्याम्पसम्म काम गर्ने नेपाल टेलिकम मनाङका प्रमुख ङमिाङटिु लामाले बताए। उनका अनुसार उक्त टावरले नार गाउँ प्रवेश गर्ने लोउङ पास तथा तिब्बत प्रवेश गर्ने केङछिपी पाससम्म र माथिल्लो मुस्ताङ प्रवेश गर्ने सलिपुङ पाससम्म काम गर्नेछ।

फू गाउँमा मोवाइल टावर ल्याउनका लागि मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ र नेपाल टेलिकम मनाङका कर्मचारीले पहल गरेको स्थानीयले बताए।

लामाले नार र फू गाउँपालिका ४ र ५ फू गाउँको टासी ल्हकाङ गुम्बा परिसरमा टावर राखिएको जानकारी दिए । उनका अनुसार रिपिटर टावरको रेडियो लिङ्क तथा अप्टिकल फाइबरबाट सम्भव नभएपछि गाउँमा स्याटलाइट लिङ्क प्रयोग गरिएको छ।

फू गाउँमा करिब ५५ घरधुरी रहेको नार र फू गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाले बताए। सो गाउँसम्म पुग्न मनाङ सदरमुकाम चामेबाट २ दिन पैदलयात्रा गर्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads