तान बुनाइ तालिम सम्पन्न

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७५
sip_Fotor

पोखरा, १४ कात्तिक । महिला सीप विकास संस्था, पोखराले सञ्चालन गरेको तीनमहिने हाते तान बुनाइ तालिम सकिएको छ । तालिममा ४१ जना प्रशिक्षार्थीको सहभागिता थियो ।

प्रमुख अतिथि प्रदेश सांसद बिन्दुकुमार थापाले तालिमपश्चात रोजगारीबाट आत्मनिर्भर बनी पारिवारिक सुखशान्ति, अनुशासित र सभ्य समाजको निर्माणमा लाग्न प्रशिक्षार्थीलाई सुझाव दिए । सो आगामी दिनमा यसप्रकारका तालिमका लागि प्रदेश सरकारबाट सक्दो सहयोगको पहल गर्ने बताए ।

महिला सीप विकास संस्था, पोखराकी कार्यकारी निर्देशक रामकली खड्काले संस्थाका गतिविधिबारे जानकारी दिँदै तालिम सिकेपछि निरन्तर काम गर्न आग्रह गरिन् ।

अक्सफाम इन नेपालका टिम लिडर प्रकाश सुवेदीले पनि सो अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै, प्रशिक्षार्थी मनदेवी विश्वकर्माले तालिम प्राप्त गरेपछि स्वरोजगार बन्न मद्दत मिल्ने बताइन् ।

संस्थाका कावा अध्यक्ष काशीमाया गुरुङको अध्यक्षतामा सम्पन्न समापन समारोहको सञ्चालन विष्णुप्रसाद बरालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width