Worldlink ads

मनकामना दर्शनलाई केवलकारबाट डेढ करोड

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७५

चितवन, १४ कात्तिक । मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ।

चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ। गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन्।

सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार शुरुका वर्षमा भारतीय न्यून भए पनि पछिल्ला वर्षमा उल्लेख्य वृद्धि भएको छ। उहाँका अनुसार गत आवमा नौ लाख ८० हजार १७० ले केबुलकारबाट यात्रा गरेकोमा दुर्इ लाख आठ हजार ४९२ भारतीय पर्यटक रहेका थिए। भारतीय पर्यटकको संख्या २१ दशमलब २७ प्रतिशत थियो।

अघिल्लो आव २०७३/०७४ मा १० लाख ११ हजार ८६७ ले केबलकारको यात्रा गरेकोमा एक लाख ४० हजार ९८४ भारतीय थिए। जुन १३ दशमलब ९३ प्रतिशत हो। कायस्थले वर्षेनी भारतीय पर्यटकको संख्या बढ्दै गएको बताए। तर, अन्य मुलुकका पर्यटकको संख्या एक प्रतिशत हाराहारी छ।

मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार भारतको बङ्गाल, महाराष्ट, गुजरात, राजस्थानलगायतका प्रदेशबाट भारतीय पर्यटक आउने क्रम बढ्दो छ। अन्तर्राष्ट्रिय जगत्मा मनकामनामाईको महिमा बढ्दै गएकाले नेपालमा हवाई र सवारी साधनबाट भित्रने पर्यटकले एउटा गन्तव्य मनकामना राख्ने गरेको उनले बताए। भारतबाट सवारी साधनमा काठमाडौँ, पोखरा, लुम्बिनी, सौराहलगायतका ठाउँको भ्रमण गर्न आउने अधिकांश धार्मिक पर्यटक बाटोसमेत पर्ने भएकाले मनकामना छिर्ने गर्दछन्। श्रेष्ठले वर्षात्को समयमा भारतीय पर्यटकले केबुलकार धान्ने गरेको बताए।

भारतको कोलकाताबाट ठूला दुर्इ बसमा नेपालको विभिन्न स्थानको भ्रमणमा आएका पर्यटकमध्येका एक रतन पैनले तीन पहाड पार गरेर मनकामना माईको दर्शन गर्न पाइने सुनेर दर्शनका लागि यहाँ आएको बताए। उनले भने, “मनकामना दर्शन पछि आफ्नो मनकामना पूरा हुन्छ भनेर हामी आएका हौँ। रमाइलो र आनन्द भयो।” मनकामना दर्शनपछि र्फकदै गर्नुभएका भारत गुजरातका सुनिलकुमार पट्टेलले आफूले सुनेभन्दा राम्रो र रमाइलो लागेको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आएपछि नेपालका धार्मिक स्थलमा घुम्न आउनेको भारतीयको संख्या बढेको छ। मनोकांक्षा पूरा हुने विश्वासका साथ भारतीय पर्यटकले मनकामना दर्शन गर्ने गरेका छन्। सँगै केबुलकार यात्राबाट रमणीय दृष्यावलोकन गर्न पाउने भएपछि पर्यटक लोभिने गरेका छन्।

विसं २०५५ साल मंसिर ८ गतेबाट सेवा शुरु गरेको मनकामना दर्शन प्रालिले हालसम्म एक करोड ४३ लाख १२ हजार ४ सय ८६ यात्रुलाई मनकामना दर्शनका लागि यात्रा गराएको छ। जम्मा ३१ वटा डिब्बा सञ्चालन गर्दै आएको प्रालिले यात्रुको चाप बढ्दै गएपछि तीनवटा डिब्बा थप गरेको छ। दैनिक नौ हजारसम्म यात्रुलाई सेवा दिएको प्रालिले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    • न्यादी हाइड्रोपावरको आइपिओ आउँदै

      रासस असाेज ८, २०७८
      काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले…
    • सुनको मूल्य घट्यो

      रासस असाेज ७, २०७८
      काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार…
    • सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्र्टबीच सम्झौता

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स…
    • नेप्से बढ्यो, कारोबार रकम बढेन

      रासस असाेज ६, २०७८
      काठमाडौं । लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो…
    • साहस ऊर्जाको आइपिओ बुधबारदेखि

      आदर्श समाज सम्वाददाता असाेज ५, २०७८
      काठमाडौं, ५ असोज । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads