Worldlink ads

राष्ट्रपति भण्डारी कतार प्रस्थान

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७५

काठमाडौँ, १२ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा सोमबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत छन।

दोहामा राष्ट्रपति भण्डारीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमी र  कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले स्वागत गरे। राष्ट्रपति भण्डारी विमानस्थलबाट सीधै उनलाई आतिथ्यको व्यवस्था मिलाइएको होटल शेराटोन ग्राण्ड प्रस्थान गरिन् । सोमबार राति नै राष्ट्रपति भण्डारीको सम्मानमा त्यहास्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको छ ।

यसअघि, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिको बिदाइ गरेे। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्च पदाधिकारी विमानस्थलमा उपस्थित थिए ।

राष्ट्रपति यही कात्तिक १५ गते स्वदेश र्फकने कार्यक्रम छ।

Related News

सम्बन्धित समाचार

    • नेपालको जनसंख्या ३ करोडभन्दा कम

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      पोखरा । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। तीमध्ये…
    • राष्ट्रिय सभा उपचुनाव आज

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      पोखरा । राष्ट्रिय सभाको उपनिर्वाचन बुधबार हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । सबै प्रदेशका…
    • निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

      रासस माघ ११, २०७८
      काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ । वर्तमान संवैधानिक एवं…
    • दैनिक १८ घण्टा विद्युत् भार कटौती

      रासस माघ ११, २०७८
      सिमकोट । हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै…
    • सिद्धबाबा सुरुङमार्ग निर्माण अघि बढ्यो

      रासस माघ ११, २०७८
      काठमाडौं । निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा…

    hero news full width